रोग र वियोगको मारमा नरमाया : श्रीमान पछि छोरा पनि वेपत्ता

बीस वर्षअघि तीन दिनकी सुत्केरी हुँदा श्रीमान् बेपत्ता भएको पीडा भोगेकी म्याग्दीको मालिका गाउँपालिका–४ छापकी ४५ वर्षीया नरमाया घर्तीको जीवन फेरि अँध्यारिएको छ।

बिज्ञापन

नाकको गम्भीर स्वास्थ्य समस्या झेलिरहेकी नरमायाका २३ वर्षीय छोरा भुपेन्द्र रेग्मी भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा बेपत्ता भएपछि उनी छोराको खोजी र आफ्नै उपचारको दोहोरो पीडामा परेकी छिन्।

बिज्ञापन

रसुवामा निर्माणाधीन जलविद्युत् आयोजनामा कामदार रहेका भुपेन्द्रले भदौ ९ गते साँझ आमालाई फोन गरेका थिए। असोजमा उपचारका लागि काठमाडौँ जाने, दसैँअघि बिहे गर्ने र पोखरा गएर बस्ने योजना सुनाएका थिए नरमायाले भनिन्,१० गतेदेखि छोरासँग सम्पर्क भएको छैन ।
नरमायालाई नयाँ नम्बरबाट फोन आउँदा कतै छोराले पो गर्‍यो कि भन्ने आशा लाग्छ। छोराको खोजीका लागि स्थानीय जनप्रतिनिधि, निर्माण कम्पनी, आयोजना र सरकारी निकायमा गुहार मागेकी नरमायालाई काठमाडौँदेखि घर फर्कने आँट आएको छैन।

छोराको अवस्था टुङ्गो नलागी कसरी घर जानु ? नरमायाले प्रश्न गरिन्,तीन दिनको सुत्केरी हुँदा श्रीमान् बेपत्ता हुनुभयो। भोटेकोशीको बाढीले मेरो भरोसा खोस्यो, झनै पीडा थपिदियो । खेतीकिसानी गरेर जीवन निर्वाह गर्दै आएकी नरमायाका श्रीमान् नन्दबहादुर रेग्मी बेपत्ता भएको २० वर्ष पुगेको छ। नन्दबहादुर दरवाङको एक किराना पसलमा बजार प्रतिनिधिको काम गर्थे। नन्दबहादुर बेपत्ता हुँदा नरमायाकी छोरी तीन दिनकी थिइन्।

बिज्ञापन

अवस्था पहिचान नभएपछि आफन्त र गाउँलेको सल्लाहमा नन्दबहादुरको धार्मिक विधिअनुसार काजकिरिया भइसकेको छ।

नरमायाले आर्थिक अभावका कारण अदालतबाट श्रीमान्को न्यायिक मृत्यु प्रमाणित गराउन नसकेको बताइन्। नन्दबहादुरले नागरिकता बनाएका थिएनन्। उनीहरूबीच कागजी रूपमा विवाह दर्ता पनि भएको थिएन। प्रक्रिया पूरा गर्न नसक्दा नरमाया सरकारले दिने सामाजिक सुरक्षा भत्ताबाट समेत वञ्चित छिन्।

कक्षा ८ सम्म पढेका भुपेन्द्रले बहिनीलाई ज्याला–मजदुरी गरेर कक्षा १० सम्म पढाए। गत जेठमा नाकमा समस्या देखिएपछि भुपेन्द्रले आमालाई दुई महिना गण्डकी अस्पतालमा उपचार गराएका थिए। त्यसपछि पोखराबाटै आमालाई घर पठाएर उनी मजदुरी गर्न रसुवा गएका थिए।

नरमायाको नाकको समस्या अझै पहिचान भएको छैन। उनले मासिक २१ हजार रुपैयाँको औषधि सेवन गर्नुपर्छ। थप उपचारका लागि असोजमा आमालाई काठमाडौँ लैजाने भुपेन्द्रको योजना थियो।

बागलुङमा विवाह भएकी नरमायाकी छोरीको बच्चा सानो भएकाले दाजुको खोजी र आफ्नो उपचारका लागि स्रोत जुटाउन हिँडेकी आमालाई सघाउन सकेकी छैनन्। शिक्षक पुनको अगुवाइमा नरमायाको उपचारका लागि सहयोग सङ्कलन अभियान सञ्चालन भएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रोग र वियोगको मारमा नरमाया : श्रीमान पछि छोरा पनि वेपत्ता

अध्यादेशबाट पजनी,अहिले मन्त्रीका सल्लाहकार

कृष्णभीरमा परीक्षण सफल, तर असोज १ गतेसम्म यातायात खुला नहुने

८७ सिडिइको सरुवा (सूचीसहित)

अब पालो सुशासनको

यूटिएलको लाइसेन्स जोगाउने पूर्वराजाका ज्वाइको सबै प्रयास बिफल

निमित्त मन्त्रालयमा तानेर पाँच महिना पछि वोर्डले खोज्यो सीइओ

सीडीओका स्वकीयसहित २ जनाको मृत्यु

बिशेष