सीडीओका स्वकीयसहित २ जनाको मृत्यु

सुनसरीको इटहरीमा गएराति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । इटहरीबाट इनरुवा जाँदै गरेको मोटरसाइकल इटहरी ७ र १७ को सिमानामा रहेको कल्भर्टमा अनियन्त्रित भएर पल्टँदा २ जनाको मृत्यु भएको हो ।

बिज्ञापन

पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ७, बालग्राममा प्रदेश १ ०२ ०४३ प ५५१४ नम्बरको मोटरसाइकल निर्माणणाधीन कल्भर्टमा ठोकिएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। ​मृतक दुवै जना जिल्ला प्रशासन कार्यालयसँग सम्बद्ध कर्मचारी रहेको खुलेको छ। मृत्यु हुनेमा इनरुवा–३ का २९ वर्षीय पारस थापा र सोही स्थानका ३४ वर्षीय सागर रेग्मी छन् । सागर जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ)का सचिवालयमा कार्यरत थिए । यस्तै थापा जिल्ला प्रशासन कार्यालय सुनसरीको राष्ट्रिय परिचयपत्र फाँटमा कार्यरत थिए । उनले केही समयअघि पदबाट राजीनामा दिएका थिए । उनी पनि जिल्ला प्रशासन कार्यालयमा करारका कर्मचारी थिए ।
दुर्घटनामा घाइते भएका दुबैलाई उपचारका लागि राति नै वीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उनीहरुलाई विहान ५ बजे मृत घोषणा गरिएको थियो ।

बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

थप ८१ लेखा अधिकृतको सरुवा : १२ फाजिल व्यवस्थापन,४ कामकाज

फाजिलमा परेका नासुहरुको व्यवस्थापन गर्ने सामान्य प्रशासनको परिपत्र

८१ जना लेखा अधिकृतहरुको सरुवा (सूचीसहित)

प्रशासन र प्राविधिक सेवाका गरी २५५ कर्मचारीको सरुवा

सीइओ नियुक्तिका लागि अध्यादेशमार्फत ऐन संशोधन : सर्ट लिष्टमा परे पूर्वमन्त्रीदेखि निमित्त हाकिम

‘हाम्रै हातमा प्रहरी र सीडीओ छन भन्ने दम्भ त्याग्नुपर्दछ’

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

बिशेष