१५३४ नियुक्ति एकै झड्कामा खारेज,पाँच महिनामा बल्ल ६३ ले पाए नियुक्ति

बालेन नेतृत्वको सरकार बनेसँगै अध्यादेशमा १ सय १० वटा कानुन संशोधन गर्दै १५ सय ३४ जनाको राजनीतिक नियुक्ति खारेज गरेको थियो । संसद् अधिवेशन नरहेका बेला सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश २०८३, विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८३ र केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ जारी गरेर एकै झड्कामा १५ बढी राजनीतिक नियुक्ति खारेज गरेको थियो ।

बिज्ञापन

तर नयाँ सरकारले १५३४ को नियुक्ति खारेज गरे पनि हालसम्म मन्त्रिपरिषद्‌बाट विभिन्न मन्त्रालय, आयोग, प्राधिकरण, बोर्ड र संस्थानहरूमा गरी ६३ जनाको नियुक्त गरेको छ । जस अनुसार,हालसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत चार जनाले नियुक्ति पाएका छन् । प्रतिनिधि सभा सदस्य सीता थपलियाले माग गरेको सूचनाको जवाफ दिँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले दिएको जबाफका आधारमा हालसम्म प्रधानमन्त्रीको प्रमुख सल्लाहकारमा कुमार व्यञ्‍जनकार, राजनीतिक सल्लाहकारमा असिम शाह, नीति प्रशासन तथा सुशासन सल्लाहकारमा सुदीप ढकाल, सूचना तथा सञ्चार प्रविधि सल्लाहकारमा विवेक मिश्र र अवैतनिक स्वास्थ्य सल्लाहकारमा प्रा डा जगदिश प्रसाद अग्रवाललाई नियुक्त गरेको छ।

बिज्ञापन

यस्तै, राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकार भट्ट र अन्य ६ जना सदस्यहरूमा अर्जुन जंग थापा,प्राडा सञ्जय आचार्य,देवेन्दै गौचन,रेशु अर्याल,सुदन झा र डा पुकार मल्लले नियुक्ति पाएका छन् । यस्तै यो अवधिमा समस्याग्रस्त सहकारीमा डिल्लीराज आचार्यसहित सदस्यमा नवराज सिंखडासहित रोशनबहादुर शाक्यले नियुक्ति पाएका छन् । नेपाल रेल्वे कम्पनीमा परिवेश पराजुली,एकीकृत बागमती सभ्यतामा डा आनन्द सिंह भाट,सरकारी लगानी व्यवस्थापन समितिमा सुशील खड्का र योगेश गौचन,नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोल र विद्युत नियमन आयोगको अध्यक्षमा डा रामप्रसाद धितालसहित तीन सदस्य नियुक्त भएका छन्।
यता,यही अवधिमा नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित र दीर्घ बहादुर रावललाई नियुक्ति पाएका छन् । यस्तै अर्थ मन्त्रालय मातहतको नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा गोपाल प्रसाद भट्टले क्याविनेटको निर्णयबाट नियुक्ति पाएका छन् भने नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरेले नियुक्ति पाएका छन् ।
प्राप्त विवरण अनुसार सार्वजनिक खरिद पुनरावलोकन समितिमा सशिल तिवारी,महेश अर्याल र थानेश्वर गौतमले नियुक्ति पाएका छन् । सुरक्षण मुद्रणमा देवेन्द्र ढुंगना दोहोरिएका छन् भने गोर्खापत्र संस्थानममा हिक्मत बहादुर रावल,चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा देवेन्द्र खत्रीले नियुक्ति भेट्टाएका छन् ।
काठमाडौं उपत्याका विकास प्राधिकरणमा सुरज शाक्य,प्रेस काउन्सिलमा उमेश श्रेष्ठ,वायुसेवा निगममा महेश्वर भक्त श्रेष्ठको नियुक्ति क्याविनेटबाट भएको छ । यस्तै,राष्ट्रिय विपद् जोखिम प्राधिकरणमा धर्मरुाज उप्रेतीले नियुक्ति पाउँदा गुठी संस्थानमा शैलेन्द्रराज कुँवरले नियुक्ति भएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सीडीओका स्वकीयसहित २ जनाको मृत्यु

१५३४ नियुक्ति एकै झड्कामा खारेज,पाँच महिनामा बल्ल ६३ ले पाए नियुक्ति

ठेक्काको डिजिटल ढोका बन्द, फर्कियो कागजी युगमा

प्रशासनका सहसचिव धमाधम बढूवा,प्राविधिकतर्फ ठप्प

मधेश प्रदेशका ३१ शाखा अधिकृतको सरुवा

६२ शाखा अधिकृतको सरुवा : ३८ लाई स्थानीय तह खटाइँदा २२ भित्रिए सिंहदरबार

झापा प्रशासनको ‘शून्य बाँकी आवेदन’ अभियान, बिहान ७ देखि बेलुकी ६ बजेसम्म सेवा

२६ उपसचिवको जिम्मेवारी फेरियो, १६ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

बिशेष