थप दुई सहसचिवले दिए राजीनामा

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको राजीनामाको प्रसंग सेलाउन नपाउँदै थप दुई सहसचिवले सेवाबाट राजीनामा दिएका छन् । यसरी राजीनामा दिने सहसचिवद्धय हुन खिमबहादुर रायामाझी र प्रदिपराज अधिकारी ।

बिज्ञापन

यसरी राजीनामा दिएकामध्ये सहसचिव खिमबहादुर रायामाझी हाल लुम्बिनी प्रदेशको लोकसेवा आयोगमा कार्यरत थिए । उनले राजीनामा दिएसँगै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश लोकसेवा आयोगको सचिवमा शम्भु मरासिनीलाई खटाएको छ । उता,आदिबासी जनजाती आयोगमा कार्यरत रहेका अधिकारीले गत १६ भदौंदेखि लागू हुने गरी सरकारी सेवाबाट स्वेच्छिक अवकाश रोजेका हुन । उनले आयोगमा बुझाएको राजीनामा महिला मन्त्रालय हुँदै संघीय मामिला तथा सामान्य प्रशासनबाट क्याविनेटमा पुगेको छ ।

बिज्ञापन

रायामाझी अनिवार्य अवकाशमा जान अझैं तीन महिना बढी अवधि बाँकी छ उनी पुस ८ गते अनिवार्य अवकाशमा जान्छन् तर अवकाशको तीन महिना अगावै राजीनामा दिएर हिडेका हुन । यस्तै ५८ बर्ष पुग्न अझैं १० बर्ष बाँकी रहेका सहसचिव अधिकारीले राजीनामा दिएर हिडेका हुन । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार आए यता झण्डै ५ सय कर्मचारीहरुले राजीनामा दिइसकेका छन् । चैत्र दोश्रो सातादेखि भदौं दोश्रो सातासम्ममा झण्डै ५ सय कर्मचारीले राजीनामा दिएर घर फर्किएका छन् । यसरी जागिर अवधि बाँकी छँदै राजीनामा दिनेमा सहायकस्तरदेखि प्रथम श्रेणीसम्मका सचिव तहका कर्मचारीहरु रहेका छन् । यो अवधिमा राजीनामा दिएर घर जानेमा जागिर अवधि साता दिनमात्र बाँकी रहेकादेखि १५ बर्ष भएका कर्मचारीसम्म रहेका छन् ।

विशिष्ट श्रेणीका ५ जना सचिव, प्रथम श्रेणीका ७० जना सहसचिव र द्वितीय श्रेणीका ६५ जना उपसचिवले राजीनामा बुझाएका छन् । राजीनामा दिने सचिवहरूमा गोविन्द शर्मा र डा कमलप्रसाद पोखरेललगायत छन् । त्यसैगरी, ७० सहसचिवमध्ये भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जगेडामा रहेका सहसचिवद्वय विनोद लामिछानेबाहेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजमा कार्यरत लेखनाथ ज्ञवाली, शिवा दाहाल, लोकप्रसाद न्यौपाने, गोपी कोइराला, खिम रायमाझी, चन्द्रबहादुर शिवाकोटी लगायत रहेका छन् । यस्तै सहसचिव लेखनाथ ज्ञवालीले अनिवार्य अवकाशको दुई महिना अगावै,सम्पत्ति शुद्धीकरणको मामलामा विज्ञ सहसचिवद्वय विनोद लामिछानेले दुई महिना अगावै र चन्द्रबहादुर शिवाकोटीले दुई महिना अगावै जागिर छाडे । साउन महिना लागेपछि नेपाल प्रशासन सेवाका सहसचिव शिवादेवी दाहाल, लोकप्रसाद न्यौपाने र टेकनारायण पौडेलले साउन दिएर घर गएका छन् । राजीनामा दिएकामध्ये दाहालको साढे ३ वर्ष, न्यौपाने र पौडेलको डेढ वर्ष जागिर बाँकी नै थियो । यस्तै,यही अवधिमा एक हप्ताभित्रै घर जान लागेका सचिव बाबुराम अधिकारीले राजीनामा दिएर घर गइसकेका छन् । यस्तै तथ्यांकबाट सरुवा भएर सूचना तथा सञ्चार मन्त्रालय सचिव डा कमलप्रसाद पोखरेल त्यहाँ हाजिर भएको दुइ दिन पछि नै राजीनामा दिएका थिए ।

बिज्ञापन

२०८४ भदौ २२ गते ५८ वर्ष पूरा हुने सचिव पोखरेलले १३ महिना अगाडि नै राजीनामा दिएका छन्। यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै अर्का सचिव डा गोविन्द शर्माले पनि अनिवार्य अवकाश हुनुभन्दा २० दिनअगावै राजीनामा दिएका थिए । यस्तै सोही अवधिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव किरणराज शर्मा अवकाशको दिनसम्म नै बिदा लिएर हिडेका थिए । हालैमात्र झापाका बहालवाला प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले ६ महिना जागिर अवधि बाँकी छँदै राजीनामा दिएका थिए भने दोलखाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले तीन महिना जागिर अवधि बाँकी छँदै राजीनामा दिएकामा यी दुबैलाई गृहमा तानिएको थियो । यसरी राजीनामा दिनेमध्येका प्रभात झा पनि एक हुन, उनी १५ वर्ष जागिर बाँकी छदै सहसचिवबाट राजीनामा दिएर हिडेको केही महिनामात्र भएको छ । २०६३ सालमा सरकारी जागिरमा प्रवेश गरेका झा २० वर्ष पुगेलगत्तै राजीनामा दिएर हिँडेका हुन ।

यस्तै यही अवधिमा उपसचिवहरू भोजबहादुर एडी, श्रीधर पन्थी, शोभाकर पाण्डे, मेघनाथ सापकोटा, लालप्रसाद शर्मा भुसाल, शोभाकर न्यौपाने, सुमा श्रेष्ठ र कृष्ण बेन्जुले राजीनामा दिएका छन्। यस्का अलवा अवधि बाँकी छँदै शाखा अधिकृत विणा श्रेष्ठ, शाखा अधिकृत शेखरनिधि पौडेल, शाखा अधिकृत दिलसेर राई, शाखा अधिकृत मार्किस दोरंगा,कम्प्युटर इन्जिनियर प्रवेश कोइराला, कम्प्युटर अपरेटरद्वय जीवनाथ आचार्य र सवला अर्यालले राजीनामा दिए ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

थप दुई सहसचिवले दिए राजीनामा

सहायक चौथौंदेखि नवौं तहसम्मका ८० कर्मचारीको अन्तर स्थानीय तह सरुवा

मन्त्री नै कानुन आयोगको अध्यक्ष हुने गरी ऐन संशोधन,आज पेश हुँदैछ विधेयक

सशस्त्रमा खुल्यो ६६६ जनाका लागि भर्ना

सिंहदरबारभित्रैका उच्च सरकारी अधिकृत हनिट्यापमा,महिला कारागारमा

प्रदेशका कर्मचारीको तलबमान अब संघ सरह,करारका प्रोत्साहन भत्ताका लागि कार्यदल

रौतहटका सिडियो हिजो पदभार,आजै विवाद

सिके राउतबाट कारवाहीमा परेका साह बने उद्योग मन्त्री

बिशेष