उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री आजै नियुक्तिको तयारी रहेको प्रधानमन्त्री बालेन शाहको सचिवालयले जनाएको छ । सकेसम्म मधेसबाटै प्रतिनिधित्व हुन सक्ने प्रधानमन्त्री निकट स्रोतहरुले जनाएका छन् । यद्यपि रवि लामिछानेको जोडबल चाहिँ गणेश पराजुलीलाई उद्योगमन्त्री बनाउने रहेको छ । पराजुली हाल रास्वपाका संसदीय दलका उपनेता छन्। उनी काठमाडौं–७ बाट निर्वाचित सांसद भएका हुन । पार्टी सभापति रवि निकट मानिन्छन् ।
बिज्ञापन
बिज्ञापन
सरकार बनेको पाँच महिनामै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीबाट राजीनामा दिएर गौरीकुमारी यादव हिडेकी छिन् । यस अघि १३ दिनमै श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री दीपक साह पनि हटाएका थिए । उनी १३ चैतमा शपथ खाएर १३ दिनमै अर्थात २६ चैतमा पदमुक्त भएका थिए । उनी पछि दोश्रो सुदन गुरुगले मन्त्रीबाट राजीनामा दिएर हिडेका थिए । उनी पछि गृहमै फर्किए । अहिले गौरीकुमारी राजीनामा दिएर हिडेकी हुन ।
मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएसँगै रिक्त हुन पुगेको उद्योग मन्त्रीमा आजै मन्त्री नियुक्त गर्ने चर्चा छ । यद्यपि राष्ट्रपति कार्यालयले अहिलेसम्म कसैको नाम सिफारिस नभएको जनाएको छ ।



























