२५ उपसचिवको सरुवा, अधिकांशलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

काठमाडौं । सरकारले प्रशासन सेवाका २५ जना उपसचिवको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ २२ गतेको निर्णयबाट उनीहरूलाई विभिन्न मन्त्रालय, विभाग तथा स्थानीय तहमा जिम्मेवारी तोकेको हो।
मन्त्रालयका अनुसार सरुवा सूचीमा परेका अधिकांश उपसचिवलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएको छ। संघीय निजामती प्रशासनअन्तर्गत स्थानीय तहमा लामो समयदेखि रिक्त रहेका प्रमुख प्रशासकीय अधिकृतका पदपूर्ति गर्ने क्रममा मन्त्रालयले एकैपटक ठूलो संख्यामा उपसचिवको जिम्मेवारी हेरफेर गरेको हो।

बिज्ञापन

सरुवासँगै कतिपय उपसचिवले मन्त्रालय तथा विभागमा नयाँ जिम्मेवारी पाएका छन् भने स्थानीय तहमा खटाइएका उपसचिवले सम्बन्धित पालिकाको प्रशासनिक नेतृत्व सम्हाल्नेछन्।
स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको भूमिका प्रशासन सञ्चालन, बजेट कार्यान्वयन, कर्मचारी व्यवस्थापन तथा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय कायम गर्ने दृष्टिले महत्वपूर्ण मानिन्छ। पछिल्लो समय विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा प्रशासनिक तथा विकास निर्माणका काम प्रभावित हुँदै आएका छन्।

बिज्ञापन

मन्त्रालयले गरेको पछिल्लो सरुवाबाट ती स्थानीय तहमा प्रशासनिक नेतृत्व स्थापित हुने अपेक्षा गरिएको छ। यद्यपि, स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको सरुवा तथा पदस्थापन नियमित र स्थिर हुन नसकेको भन्दै यसअघि नै प्रश्न उठ्दै आएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कुमारी बैंकका अध्यक्ष र माननीय विदूषीविरुद्ध अंश मुद्धा दायर

२५ उपसचिवको सरुवा : १३ लाई प्रमुख प्रशासकीय अधिकृत,पाँच भित्रिए सिंहदरबार

२५ उपसचिवको सरुवा, अधिकांशलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

सचिव बढुवाका लागि सहसचिव कुँवरको एकल नाम सिफारिस

जासुसको सर्टिफिकेट नै नक्कली,अख्तियारले हाल्यो मुद्धा

प्रशासनिक संयन्त्रप्रति मन्त्रीको आक्रोश : ‘कर्मचारीले मलाई टेरेनन्, केही गर्न सकिन’

जेनजी सहिदको शालिक अनावरण स्थगित, फर्किए मन्त्रीहरु

लहडी निर्णय, लामो लफडा

बिशेष