जासुसको सर्टिफिकेट नै नक्कली,अख्तियारले हाल्यो मुद्धा

नक्कली प्रमाणपत्र पेस गरी बढुवा लिएको आरोपमा राष्ट्रिय अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा दायर भएको छ । अख्तियारले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत ठाकुरप्रसाद केसीले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रका आडमा जागिर खाएको र सोही शैक्षिक प्रमाणपत्रका आधारमा पटक पटक बढुवा लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

बिज्ञापन

राज्यका सुरक्षा निकायमा कार्यरत कर्मचारीहरूले सेवा प्रवेश र बढुवाका लागि नक्कली प्रमाणपत्र पेस गरेको भनी परेको उजुरीमाथि अनुसन्धान गर्दा केसीको शैक्षिक योग्यता झुट्टा पाइएको अख्तियारले जनाएको छ। केसी सहायक निरीक्षक हुँदै राष्ट्रिय अनुसन्धान विभागमा प्रवेश गरेका थिए । उनले नियुक्तिका बेला भारतको उत्तर प्रदेशस्थित बोर्ड अफ हाई स्कुल ऐण्ड इण्टरमिडिएट एजुकेशन युपीबाट जारी भएको हाईस्कुलको प्रमाणपत्र पेश गरेका थिए । अख्तियारका अनुसार केसीले सोही प्रमाणपत्र देखाएर २०६६ सालमा वरिष्ठ अनुसन्धान सहायक, २०७३ सालमा अनुसन्धान अधिकृत र पछिल्लो पटक २०८१ सालमा प्रमुख अनुसन्धान अधिकृत पदमा बढुवा भई नियमित हैसियत, तलब, भत्ता तथा अन्य सरकारी सुविधाहरू उपभोग गरेका थिए।

बिज्ञापन

अख्तियारका अनुसार प्रमाणपत्र जाँच्दा नक्कली पुष्टि भएको छ । झुट्टा प्रमाणपत्रका आडमा सरकारी सेवामा प्रवेश गरेको र बढुवा हुँदै हाल प्रमुख अनुसन्धान अधिकृतको हैसियत, लाभ र सुविधा लिएको आरोपसहित भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको जिकिर अख्तियारले गरेको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

२५ उपसचिवको सरुवा : १३ लाई प्रमुख प्रशासकीय अधिकृत,पाँच भित्रिए सिंहदरबार

२५ उपसचिवको सरुवा, अधिकांशलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

सचिव बढुवाका लागि सहसचिव कुँवरको एकल नाम सिफारिस

जासुसको सर्टिफिकेट नै नक्कली,अख्तियारले हाल्यो मुद्धा

प्रशासनिक संयन्त्रप्रति मन्त्रीको आक्रोश : ‘कर्मचारीले मलाई टेरेनन्, केही गर्न सकिन’

जेनजी सहिदको शालिक अनावरण स्थगित, फर्किए मन्त्रीहरु

लहडी निर्णय, लामो लफडा

महिलाको मन्त्रालय,नीतिगत नेतृत्वमा पुरुष कर्मचारीकै बोलवाला

बिशेष