प्रशासनिक संयन्त्रप्रति मन्त्रीको आक्रोश : ‘कर्मचारीले मलाई टेरेनन्, केही गर्न सकिन’

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव कर्मचारीविरुद्ध खनिएकी छिन् । ग्यास आपूर्ति सहज हुन नसकेको अबस्थामा उद्योग समितिको बैठकमा ग्यास अभावको सबै दोष कर्मचारी र व्यवसीलाई थोपरेकी हुन्। कर्मचारीले आफूलाई असहयोग गर्दा केही काम गर्न नसकेको उनको भनाइ छ । उनले उद्योगी र कर्मचारीतन्त्रको प्रभावका कारण ग्यास आपूर्ति तथा उद्योग क्षेत्र सुधारमा अपेक्षित सुधार गर्न नसकेको बताएकी हुन । मन्त्री यादवले कर्मचारीहरु उद्योगीको ईशारामा चल्ने र आफूले भनेको अटेर गर्ने गरेको बताइन् ।

बिज्ञापन

उनले सरकारभन्दा कर्मचारीतन्त्र शक्तिशाली देखिएको भन्दै प्रशासनिक संयन्त्रमाथि कडा असन्तुष्टि जनाइन । उनले भनिन्,यस्तो बलियो सरकारमा त यो हाल छ भने कर्मचारीहरूको अन्य सरकारलाई म दोष दिँदिनँ । त्यो बेला त बिचरा सबै मिलेर बनाएको सरकार थियो । अहिले यस्तो बलियो सरकारमा त कर्मचारीहरूले केही चल्न दिएको छैन ।

बिज्ञापन

उनले आफूले देश र जनताको हितमा काम गर्न खोजे पनि कर्मचारीतन्त्रबाट पर्याप्त सहयोग नपाएको गुनासो समेत पोखेकी हुन । कर्मचारीले यति दुःख दिएका छन्, म केही गर्न सक्दिनँ। उनले उद्योगीको फेवरमा नियम–कानुन बनाइएको छ। धेरै चेन्ज गर्न खोजिरहेकी छु, तर गर्न नसकिरहेको बताइन् ।

उनले भनिन्, चेन्ज गर्न खोज्दा तपाईं सबैको आँखाको तारो म बनेको छु । सबै उद्योगीहरूले मलाई टार्गेट गरिरहेका छन् । म धेरै चेन्ज गर्न खोजिरहेको छु, तर गर्न सकिरहेको छैन । कर्मचारीले साथ नदिएसम्म तपाईं केही पनि गर्न सक्नुहुन्न । तपाईं भन्नुहुन्छ नि, लोकसेवाको ब्रेन छ, त्यो ब्रेन गलत दिशामा लागेको छ। त्यो ब्रेन सही दिशामा लाग्दियो भने यो देश कहाँबाट कहाँ पुग्थ्यो ? तर पुग्दैन, किनभने तपाईंलाई साथ दिँदैन त्यहाँ । एक्लै तपाईं केही पनि गर्न सक्नुहुन्न । यो कर्मचारीतन्त्रलाई सुधार्नुपर्ने बेला आएको छ ।
उनले युवाहरूले चाह्यो भने यो कर्मचारीहरूलाई ठीक पारेर अगाडि बढ्न सक्ने बताइन् ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

२५ उपसचिवको सरुवा, अधिकांशलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

सचिव बढुवाका लागि सहसचिव कुँवरको एकल नाम सिफारिस

जासुसको सर्टिफिकेट नै नक्कली,अख्तियारले हाल्यो मुद्धा

प्रशासनिक संयन्त्रप्रति मन्त्रीको आक्रोश : ‘कर्मचारीले मलाई टेरेनन्, केही गर्न सकिन’

जेनजी सहिदको शालिक अनावरण स्थगित, फर्किए मन्त्रीहरु

लहडी निर्णय, लामो लफडा

महिलाको मन्त्रालय,नीतिगत नेतृत्वमा पुरुष कर्मचारीकै बोलवाला

बरिष्ठ सहसचिव खत्री, पराजुली र तामाङ सचिव बढुवा सिफारिस

बिशेष