राष्ट्रिय वाणिज्य बैंकको सीईओको लागि खुल्यो आवेदन

राष्ट्रिय वाणिज्य बैंकले नयाँ सीईओको लागि आवेदन खुलाएको छ । यस अघि बैंकका प्रमुख कार्यकारी अधिकृत रहेका किरण कुमार श्रेष्ठको कार्याकाल सकाएर घर फर्किएसगै रिक्त रहेको सीईओका लागि बैंकले आवेदन माग गरेको हो ।दुई कार्यकाल पूरा गरेर सीईओ किरण श्रेष्ठ गत महिना घर फर्किएसँगै बैंक निमित्त सीईओको भरमा चलिरहेको छ । किरण श्रेष्ठ पहिलो कार्यकाल ७२ चैत्र अन्तिममा नियुक्त भएका थिए ।

बिज्ञापन

४ बर्षको पहिलो कार्यकाल पूरा गरेर उनी ७६ चैत्रमा दोश्रो कार्यकालका लागि सीइओ नियुक्त भएका थिए । किरण घर फर्किएसँगै बैंकले अहिले देवेन्द्ररमण खनाललाई कामु सीईओको जिम्मेवारी दिएको छ ।

बिज्ञापन

बैंकले एक सुूचना जारी गर्दै बैंकले २१ दिन भित्र आवेदन दिन भनेको छ। आवेदन दिन इच्छुक व्यक्तिले व्यवस्थापन, बैंकिङ, कानुन, अर्थशास्त्र, लेखा, तथ्याङक शास्त्र विषयमा स्नातककोत्तर उपाधि हासिल गरेको हुन पर्ने छ।

शैक्षिक योग्यता स्नातक तह रहेको खण्डमा १० वर्षको कार्य अनुभव हुनपर्ने सूचनामा उल्लेख छ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

क्वार्टरसहित शान्त ठाउँमा जान चाहेका सहसचिवको सामान्यको बरण्डामा सरुवा

भ्रष्टाचारको गन्ध: सान्जेन, लाङटाङ भोटेकोशी र सलासुलुङ्गी हाइड्रोपावरको रकममा बनेको पुल एक वर्षमै भत्कियो

अख्तियारका प्रमुख आयुक्तलाई हटाउने तयारी,जेनजीले माग्यो प्रेम राईसहित आयुक्तहरुको राजीनामा

बीपी राजमार्ग अवरुद्धपछि मन्थली–चरिकोट–दोललघाट हुँदै काठमाडौं वैकल्पिक मार्ग सञ्चालनमा

तातोपानी नाका पुनः सञ्चालन, आजदेखि सवारी आवागमन सुरू

सात जना सहसचिवहरूको सरुवा

निजामतीमा छन् ४५ हजार बढी दलका कार्यकर्ता कर्मचारी

घुस खाने महिला कर्मचारीको यस्तो छ रेकर्ड

बिशेष