जेनजी सहिदको शालिक अनावरण स्थगित, फर्किए मन्त्रीहरु

ललितपुरको सातदोबाटोस्थित पौडी पोखरी परिसरमा जेनजी सहिदको सालिक अनावरण कार्यक्रम स्थगित भएसँगै मन्त्रीहरु फर्किएका छन् । एन्फा कम्प्लेक्सभित्र रहेको पौडी पोखरी परिसरभित्रको जेनजी स्मृति पार्कमा निर्माण गरिएको जेनजी सहिदहरूको सालिक निर्माण गरिएको थियो । सो पार्कमा ४५ जना सहिदको सालिक निर्माण गरिएको छ । पौडी पोखरी परिसरको दुई रोपनी जग्गामा निर्माण गरिएको पार्कलाई शहीदहरूको स्मृति, राष्ट्रियता र सामूहिक स्मरणसँग जोड्ने गरी डिजाइन गरिएको सरकारले बताएको भए पनि त्यहाँ पुगेका सहिदका आफन्तहरुले औपचारिक अनावरणपूर्व परिवारका सदस्यले सम्बन्धित सहिदको शालिक हेर्दा तस्विरभन्दा शालिकको अनुहार फरक परेको अधिकांशले गुनासो र आपत्ति जनाएका थिए । वास्तविक व्यक्तिको अनुहारसँग नमिलेको भन्दै परिवारजनले आपत्ति जनाएपछि सालिक अनावरण कार्यक्रम स्थगित गरिएसँगै मन्त्रीद्धय सुदन गुरुङ र पूर्वाधारमन्त्री सुनील लम्साल त्यसै फर्किएका हुन ।

बिज्ञापन

सालिक अनावरणका लागि गृहमन्त्री सुधन गुरुङ, रास्वपा सांसदहरू, सहिद परिवारलगायत सातदोबाटोस्थित पौडी पोखरी परिसर पुगेका थिए । सो क्रममा सहिद परिवारहरूले अनुहारसँग नमिलेको भन्दै आपत्ति जनाएसँगै अनावरणको निर्णय हाललाई स्थगित गरिएको हो ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

जेनजी सहिदको शालिक अनावरण स्थगित, फर्किए मन्त्रीहरु

लहडी निर्णय, लामो लफडा

महिलाको मन्त्रालय,नीतिगत नेतृत्वमा पुरुष कर्मचारीकै बोलवाला

बरिष्ठ सहसचिव खत्री, पराजुली र तामाङ सचिव बढुवा सिफारिस

अब कर्मचारीको कामको ‘ग्रेडिङ’, कमजोर देखिए कारबाही

परामर्शका लागि संघीय निजामती विद्येयक आज लोकसेवा आयोग पठाइँदै

सिंहदरबार र लोक सेवा आयोगका माननीयज्यूमा एउटा जीवित लासको खुल्ला पत्र

पहिला ठेक्का,अहिले टेण्डर

बिशेष