कुमारी बैंकका सञ्चालकलाई कर्मचारी सञ्चयकोषको प्रशासक

   सरकारका पछिल्ला नियुक्तिहरुमा कुमारी र सानिमा बैंककाहरुले प्रथामिकता पाउन थालेका छन् । विगतमा विशाल ग्रुपहरुले केपी ओलीको सत्ता चलाउने गरेकोमा अहिले सानिमा र कुमारी समूह हाबी हुने गरेको देखिएको छ । यस अघि धितोपत्र वोर्डको अध्यक्षमा सानिमा बैंकसँग नजिक रहेका व्यक्तिले नियुक्ति पाउन सफल भएका थिए । धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा.गोपाल प्रसाद भट्टलाई नियुक्ति गरिएको थियो । जहाँ आवेदन दिने ४७ जनाको नाम गुपचुप राखेर डा. भट्टलाई नियुक्ति दिएकै शैलीमा कर्मचारी सञ्चयकोषमा समेत कुमारी बैंकका सञ्चालकलाई नियुक्ति दिइएको छ ।

बिज्ञापन

धितोपत्र वोर्डको सिफारिस समिति मध्यमा भुवन दाहाल कुनै समय सानिमा बैंकको सिइओ रहेका थिए । सानिमा बैंक समूहको जोडबलमा अर्थमन्त्री र गभर्नरको रोजाइमा परेका डा. भट्ट अध्यक्ष बन्न पुगेको चर्चा वित्तिय क्षेत्रमा भइरहेको छ । गत वर्ष जेठमा गभर्नर भएका पौडेलले वित्तीय क्षेत्रको अध्ययन गर्ने भन्दै गठन गरेको एउटा टोलीमा सदस्य पनि बनाइदिएका थिए । अहिले धितोपत्र वोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समितिमा उनैलाई रोज्नुको पछाडि सानिमा बैंकको कनेक्सन भएको चर्चा वित्तिय क्षेत्रमा सुन्न पाइन्छ । हालका गभर्नर पौडेल पहिले दाहाल सिइओ हुँदा सानिमा बैंकको सञ्चालक थिए । उनको सम्पत्ति विवरणमा सबैभन्दा बढी हाइड्रोदेखि अन्य कम्पनीमा लगानी देखाइएको छ । सानिमा बैंकमा अर्थमन्त्री वाग्लेको लगानी रहेको उनले सार्वजनिक गरेको सम्पत्ति विवरणले देखिन्छ । यस हिसाबले धितोपत्र वोर्डमा सानिमा बैंक समूह हाबी हुँदा कर्मचारी संचयकोषको प्रशासकमा कुमारी बैंकको समूह हाबी भएको छ ।

बिज्ञापन

कर्मचारी सञ्चय कोषको रिक्त प्रशासकका लागि गत असार ८ गते विज्ञापन भएको थियो । उक्त विज्ञापनका आधारमा कोषमै कार्यरत ११ जना कर्मचारीले आवेदन दिएका थिए । अर्थ मन्त्रालयले असार १३ गते पाँच जनाको नाम सर्टलिस्ट गरेको थियो । साउन १८ र १९ गते उनीहरूको अन्तर्वार्ता सम्पन्न गरेको थियो । जसमध्ये जीवनकुमार कटुवाल, भरतराज वस्ती, विजयकुमार श्रेष्ठ, दामोदरप्रसाद सुवेदी र सागरकुमार सिंह सिफारिसमा परेका थिए । कोषको प्रशासक छनोट समितिले गएको साउन १३ गते नै जीवनकुमार कटुवाल, भरतराज अवस्थी र बिजयकुमार श्रेष्ठको नाम संक्षिप्त सूची सार्वजनिक भएको थियो । तर प्रधानमन्त्री कार्यालयले पहिलो नम्बरमा सिफारिस भएका कटुवालको अवकाशको मितिसम्म नियुक्ति अड्काएर श्रेष्ठलाई नियुक्त गरेको हो ।

महिना दिन अघि नै तीन जनाको नाम सर्टलिष्ट गरी छनोट समितिले सिफारिस गरेको भए पनि लामो समय होल्ड गरेर निमित्त प्रशासक जीवनकुमार कटुवाल भदौ १ मा अवकाश हुनासाथ बिजयकुमार श्रेष्ठलाई प्रशासकमा नियुक्त गरेको छ । यसरी यो नियुक्तिमा कुमारी बैंक हाबी भएको छ । श्रेष्ठ कुमारी बैंकका सञ्चालक समिति सदस्यका अलवा कोषको प्रशासक समेत हुन । उनको नियुक्ति लगतै कुमारी बैंकले बधाइ समेत दियो तर पछि आलोचना भए सँगै सो बधाइ नै कुमारी बैंकले हटाएको थियो । उसो त पछिल्लो समय विदूषी राणालाई छायाँ अर्थमन्त्रीको रुपमा हेर्ने गरिएको छ । कुमारी बैंकका अध्यक्ष बिदूषीका श्रीमान अमीरप्रताप जंगबहादुर राणा हुन् । सोही जोडबलमा कर्मचारी संचयकोषमा पहिलो नम्बरमा सिफारिस भएका कटुवालको नियुक्ति अड्काएर बिजयकुमारलाई भएको बताइन्छ

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

दुई लाख विद्यार्थीको विवरण फर्जी,छानबिनका लागि सहसचिवको संयोजकत्वमा समिति

तीन महिनामा ९२ आयोजनाको ठेक्का आह्वान, सवा १७ अर्ब लागत

८५७ कर्मचारीको सरुवा मन्त्रीले गरिन बदर

राष्ट्र बैंकका पूर्व हाकिमको कब्जामा नियामक निकाय

१४२ अधिकृतको सरुवा : ७९ लाई उद्योग,पर्यटन मन्त्रालय मातहत

पाँच पाण्डवमा गृह-सञ्चार सचिवको चासो

आईजीपी पुनर्बहालीको माग लिएर सर्वाेच्च पुगे कार्की

बिशेष