लिखतसम्बन्धी कसुरमा कम्युटर अपरेटर पक्राउ

   कम्प्युटर अपरेटर राजीव महतो पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नेपाल सरकार वादी रहेको लिखतसम्बन्धी कसुरमा अनुसन्धान गर्ने क्रममा सीआईबीले रौतहटको साविक भलोहिया गाविस–२ स्थायी घर भएका ३० वर्षीय महतोलाई ललितपुरको महालक्ष्मी नगरपालिका–५, टिकाथलीबाट पक्राउ गरेको हो।

बिज्ञापन

अध्यागमन विभागमा कार्यरत तत्कालीन कम्प्युटर अपरेटर राजीव महतो सरकारी प्रणालीको दुरुपयोग गरी गैरकानुनी रूपमा भिसा जारी गरेको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र जाहेरीका आधारमा नेपाल सरकार वादी र महतोसमेत प्रतिवादी रहेको लिखतसम्बन्धी कसुरमा अनुसन्धानका क्रममा महतोलाई पक्राउ गरेको हो ।

बिज्ञापन

महतो अध्यागमन विभागमा कार्यरत रहँदा नेपाली पोर्ट प्रणालीमा आफ्नो पहुँच र पदको दुरुपयोग गरी कानुनबमोजिम भिसा शुल्कसमेत नलिई भिसा जारी गरेको, सरकारी राजस्व हिनामिना गरेको तथा सरकारी कागजात किर्ते गरेको पाइएसँगै उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले पक्राउ गरेको हो ।

लक्जेम्बर्गका एक नागरिकले नियमानुसार १ लाख ५९ हजार ४०८ रुपैयाँ राजस्व दाखिला गरी प्राप्त गरेको आवासीय भिसा नम्बर ई २४००००००१ लाई महतोले २०८० फागुन ९ गतेमा ‘ट्राभल सेन्ट्रलाइजेसन सिस्टम’ मार्फत बदनियतपूर्ण ढंगले अमेरिकी नागरिकको नाममा गैरकानुनी रूपमा ‘क्रिएट’ तथा ‘एप्रुभ’ गरी जारी गरेको आरोप छ ।महतोलाई लिखतसम्बन्धी कसुरमा हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बिज्ञापन

यस अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत साउनमा कम्प्युटर अपरेटर राजीव महतोविरुद्ध गलत लिखत एवं सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

लिखतसम्बन्धी कसुरमा कम्युटर अपरेटर पक्राउ

त्रिशूली ३ ए को सुरूङबाट २ जनाको जीवितै उद्धार

योग्यतम अफिसरहरूले किन दिँदैछन् भटाभट राजीनामा ?

बाढीबाट रसुवा- नुवाकोटका ६ हजार घर परिवार विस्थापित,बगे दर्जनौं सरकारी कार्यालय

स्थानीयका कर्मचारीको भदौं र माघमा सरुवा,पाँच बर्ष पूरा भएकालाई दोहोरो सहमति नचाहिने

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

बिशेष