रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको विद्युत गृहबाट दुई जनाको शव निकालिएको छ।
बिज्ञापन
रसुवामा परीक्षण सञ्चालन भइरहेको २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजनामा बाढीपछि हराइरहेका दुई जनाको शव भेटिएको हो। सो आयोजनाका २५ जना कर्मचारीहरु हराइरहेका छन् । यसअघि सरकारी उद्धार टोली सुरूङको मुख्य बाटोबाट भित्र जाने प्रयास गरेर पनि सफल भएको थिएन । सुरूङभित्र ढुंगा, माटो र लेदो भरिएपछि उद्धार टोली करिब १०० मिटरभित्र पुगेपछि अघि बढ्न सकेको थिएन। हिजो हाइड्रो र मेकानिकल इन्जिनियरसहित ७–८ जनाको टोली आयोजनाको खाली पेनस्टक पाइपभित्र पसेर करिब १५० मिटर माथिसम्म पुगेको थियो। त्यसपछि आयोजनाको प्राविधिकसहितको टोली खोजी र उद्धारमा खटिएको थियो। सो टोलीले आज भने दुई जनाको शव निकालेको हो ।
बिज्ञापन
उनीहरुको शव विद्युतगृहको पेनस्टक पाइपभित्रबाट पसेर विद्युतगृहको माथिल्लो भागबाट निकालिएको हो । सुरूङको मुख्य मार्गबाट भित्र जान नसकेपछि आज प्राविधिकहरुको टोलीले पेनस्टकबाट छिरेको थियो ।
२० मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनामा कार्यरत २५ जना सम्पर्कविहीन छन्।





























