सरकारले स्थानीय तहमा कार्यरत कर्मचारीहरुको अन्तर स्थानीय तह सरुवाका लागि आवेदन आह्वान गरेको छ ।
बिज्ञापन
मधेश प्रदेश सरकारले स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको सरुवा सम्बन्धी मापदण्ड हालै संशोधन गरेको थियो । अस्ति बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहमा कार्यरत कर्मचारीहरूको सरुवा प्रक्रियालाई व्यवस्थित, पारदर्शी, अनुमानयोग्य तथा न्यायोचित बनाउन तयार गरिएको “स्थानीय तहका कर्मचारीहरुको सरुवा मापदण्ड, २०८३” स्वीकृत गरेको छ ।
बिज्ञापन
सोही स्वीकृत मापदण्डको परिच्छेद ३ को दफा ६ बमोजिम भाद्र महिनाको सरुवा तालिका अनुसार अन्तर स्थानीय तह सरुवा हुन इच्छुक योग्यता पुगेका स्थानीय सेवाका स्थायी कर्मचारीहरूले यो सूचना प्रकाशित भएको मितिले सात सात दिन निवेदन पेश गर्न भनिएको छ ।
सरुवाका लागि आवेदन दिदा मापदण्डको अनुसूची १ वमोजिमको ढाँचामा स्पष्ट विवरण खुलाई निवेदन तयार गरी मन्त्रालयमा दर्ता गराउनु पर्ने जनाइएको छ । यस्तै सरुवा हुन चाहेको सम्बन्धित स्थानीय तहको अनुसूची २ बमोजिमको सहमति पत्र (जसमा रिक्त पद, दरवन्दी र तह प्रष्ट खुलेको हुनुपर्ने जनाइएको छ । ) अनिवार्य रूपमा संलग्न हुनुपर्नेछ।
बिज्ञापन
यस्तै कर्मचारीको पिआइएस अद्यावधिक गराइएको हुनुपर्ने र जहाँ हल कार्यरत कार्यालय, पद, श्रेणीरतह र समायोजन सम्बन्धी विवरण अनिवार्य रूपमा अद्यावधिक भएको हुनुपर्ने उल्लेख छ । सरुवा हुन चाहने कर्मचारीहरु कोही अपाङ्गता, दीर्घ रोग, पति वा पत्नी दुवै सरकारी सेवामा रहेको, गर्भवती वा दुई वर्ष मुनिका बालबालिका भएका कर्मचारीको हकमा सो सम्बन्धी पुष्टयाई गर्ने आधिकारिक प्रमाण पत्रहरू संलग्न गर्नुपर्ने प्रदेश लोक सेवा आयोगबाट सिफारिस भई शुरु पदस्थापन भएका र ऐनले तोके अनुसार न्यूनतम सेवा अवधि पूरा गरेको हुनुपर्ने भनिएको छ । न्यूनतम सेवा अवधि पूरा नभएका कर्मचारीको हकमा सरुवा प्रक्रिया अगाडि बढाइने छैन।
तोकिएको म्याद नाघी आएका, रीत नपुगेका वा आवश्यक कागजात संलग्न नभएका निवेदनहरू उपर कुनै कारबाही नगरिने व्यहोरा समेत मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्धारा जारी सूचनामा जनाइएको छ ।





























