स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको सरुवा मापदण्ड संशोधन

मधेश प्रदेश सरकारले स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको सरुवा सम्बन्धी मापदण्ड संशोधन गरेको छ । मन्त्रिपरिषद्को बैठकले स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ मा आवश्यक संशोधन गर्न तयार गरिएको संशोधन मस्यौदाउपर राय तथा परामर्श प्राप्त गर्न प्रचलित कानूनबमोजिम प्रदेश लोक सेवा आयोगमा लेखी पठाउने निर्णय गरेको हो । बिज्ञापन