देश पीडामा,अर्थमन्त्री भोजमा,नाडा अटो व्यवसायी उत्सवमा

विनाशकारी बाढीका कारण देश रोइरहेको बेला नाडा अटोमोवाइल्स एशोसियन अफ नेपाल भने स्वर्ण जयन्ती मनाइरहेको छ । काठमाडौंको भृकुटीमण्डपमा अस्ति मंगलबारदेखि ‘१८औँ नाडा अटो शो २०२६ सुरु भएको उत्सव आगामी १४ गतेसम्म चल्नेछ । नाडा अटोमोवाइल्सको स्वर्ण जयन्तीको अवसरमा आयोजित अटो शोको भोलिपल्टै अर्थात गत बुधबारबारदेखि  १० असारमा मुलुक ठूलो विपतीमा परेको छ । भोटोकोसी बाढीका कारण झण्डै ९३ हजार मानिस प्रभावित भएको अनुमान गरिएको छ । हजारौंले घरबार गुमाएका छन्,दर्जनौं बस्तीहरु उजाडिएका छन् । सयौं आमाको कोख रित्यिएको छ । सयौंका सिन्दुर पुछिएको छ । प्रहरीको पछिल्लो तथ्यांक अनुसार,बाढीमा परी ज्यान गुमाउनेको संख्या ५ सय ४७ पुगेका छन् । हालसम्म ९ जनाको शवमात्रै पहिचान भएको भयाभह स्थिति छ ।

बिज्ञापन

तर गत मंगलबारबाट शुरु भएको नाडा अटो शो अहिले पनि चलिरहेको छ । नाडाले आफ्नो स्थापनाको ५० औँ वार्षिकोत्सव (स्वर्ण जयन्ती) उत्सबका रुपमा मनाइरहेको छ । मुलुक ठूलो संकट,त्रास र पीडामा छटपटिरहँदा गत मंगबुलबारदेखि शुरु भएको अटो प्रदर्शनी बुध,विहि,शुक्रबार आज चौथौं दिनसम्म चलिरहेको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले यस्तो त्रासदी मच्चिसकेको स्थितिमा समेत प्रदर्शनी स्थगित गरेन । बरु हिजो प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। बाढीमा परी ज्यान गुमाउनेप्रति नाडाले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको उसले विपद्का कारण आर्थिक गतिविधि प्रभावित हुन नदिन काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२६ भने निरन्तर सञ्चालन गरिरहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

बिज्ञापन

उता, यही शोकको समयमा अर्थमन्त्री स्वर्णीम बाग्ले राजधानीको पाँच तारे होटलमा रात्रिभोजमा सहभागी भएको बिषयलाई लिएर आलोचित भइरहेका छन् । राजधानीमा हिजो आयोजित एनडिटीभी समिटमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले, सांसद विदूषी राणालगायत सहभागी भएको रात्रिभोजको फोटो सार्वजनिक भएसँगै चर्काे आलोचना खेपिरहेका छन् ।अर्थमन्त्रीसहितको टोलीको भोज,नाडाको अटो महोत्सव र नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति,उपकुलपतिहरुको खादा माला तथा सम्मानलाई अहिले एकै रुपमा हेर्ने थालिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

देश पीडामा,अर्थमन्त्री भोजमा,नाडा अटो व्यवसायी उत्सवमा

रसुवा र नुवाकोटमा बाढीपीडितको उपचारका लागि भक्तपुर अस्पतालबाट दुई मेडिकल टोली परिचालन

रसुवामा प्रभावकारी बन्न सकेन राहत र उद्धार, बाढीले बगाएका बस्तीमा शव कुहिन थाले

सरकारका प्रवक्ता भन्छन्– ग्लेसियर फुटेर लेदोसहितको पानी ओभरफ्लो, तत्काल ठूलो जोखिम छैन

२३ अधिकृत, ४३ लेखापाल र १० सह लेखापालसहित ७६ कर्मचारीको सरुवा

भोटेकोशी बाढी : ४६९ शव भेटियो

बिशेष