बिदा लिएर निजीमा काम गर्नेलाई मन्त्रालयको चेतावनी

स्वास्थ्य मन्त्रालयले सरकारी बिदा स्वीकृत गराएर निजी स्वास्थ्य संस्थामा कार्यरत रहेका चिकित्सक र कर्मचारीलाई सचेत गराएको छ।

बिज्ञापन

मन्त्रालयले स्वदेशमा सञ्चालित निजी स्वास्थ्य संस्थाहरु तथा विदेश स्थित सरकारी वा निजी स्वास्थ्य संस्थाहरुमा पूर्णकालिन रुपमा कार्यरत रहेको गुनासो आएपछि निगरानी बढाएको हो। मन्त्राययले गुनासो प्राप्त भए लगत्तै निगरानी बढाएउँदै चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीहरुलाई सार्वजनिक सूचना जारी गर्दै यस्तो कार्य नगर्न अपिल पनि गरेको छ।मन्त्रालयका सचिव मधु सुदन बुर्लाकोटीले हस्ताक्षर गरेको अपिल पत्रमा विदा स्वीकृत गराई वा नगराई स्वदेशमा सञ्चालित निजी स्वास्थ्य संस्थाहरु तथा विदेश स्थित सरकारी वा निजी स्वास्थ्य संस्थाहरुमा पूर्णकालिन रुपमा काम गर्नु प्रचलित कानुन र विधिको प्रतिकूल हुने उल्लेख छ।

बिज्ञापन

विज्ञप्ति जारी गर्दै स्वास्थ्य मन्त्रालयले मन्त्रालय अन्तर्गत कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी एवं कर्मचारीहरु बिदा स्वीकृत गराई वा नगराई निजी स्वास्थ्य संस्थामा साथै विदेशी स्वास्थ्य संस्थामा कार्यरत रहेको गुनासो आएको भन्दै मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ।

मन्त्रालयले त्यसरी काम गर्नु कानुनको प्रतिकुल रहेको भन्दै यसबाट पर्ने असरप्रति स्वयं जिम्मेवार हुने स्पष्ट गरेको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

रसुवामा तनावपूर्ण अवस्था, गोली चल्न सक्ने सम्भावना

सेनाले लुटपाटमा संलग्न २५ जनालाई पक्राउ गर्‍यो

सडकमा सेना, विना काम घरबाहिर ननिस्कन आग्रह

अख्तियारको कार्यालयमा समेत आगजनी

सडक विभागमा पनि आगजनी

शक्तिले उन्माद बादशाह भागे बालुवाटारबाट

प्रधानमन्त्री ओलीले दिए राजीनामा

सिंहदरवार प्रवेश गरे प्रदर्शनकारी

बिशेष