बिदा लिएर निजीमा काम गर्नेलाई मन्त्रालयको चेतावनी

स्वास्थ्य मन्त्रालयले सरकारी बिदा स्वीकृत गराएर निजी स्वास्थ्य संस्थामा कार्यरत रहेका चिकित्सक र कर्मचारीलाई सचेत गराएको छ।

बिज्ञापन

मन्त्रालयले स्वदेशमा सञ्चालित निजी स्वास्थ्य संस्थाहरु तथा विदेश स्थित सरकारी वा निजी स्वास्थ्य संस्थाहरुमा पूर्णकालिन रुपमा कार्यरत रहेको गुनासो आएपछि निगरानी बढाएको हो। मन्त्राययले गुनासो प्राप्त भए लगत्तै निगरानी बढाएउँदै चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीहरुलाई सार्वजनिक सूचना जारी गर्दै यस्तो कार्य नगर्न अपिल पनि गरेको छ।मन्त्रालयका सचिव मधु सुदन बुर्लाकोटीले हस्ताक्षर गरेको अपिल पत्रमा विदा स्वीकृत गराई वा नगराई स्वदेशमा सञ्चालित निजी स्वास्थ्य संस्थाहरु तथा विदेश स्थित सरकारी वा निजी स्वास्थ्य संस्थाहरुमा पूर्णकालिन रुपमा काम गर्नु प्रचलित कानुन र विधिको प्रतिकूल हुने उल्लेख छ।

बिज्ञापन

विज्ञप्ति जारी गर्दै स्वास्थ्य मन्त्रालयले मन्त्रालय अन्तर्गत कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी एवं कर्मचारीहरु बिदा स्वीकृत गराई वा नगराई निजी स्वास्थ्य संस्थामा साथै विदेशी स्वास्थ्य संस्थामा कार्यरत रहेको गुनासो आएको भन्दै मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ।

मन्त्रालयले त्यसरी काम गर्नु कानुनको प्रतिकुल रहेको भन्दै यसबाट पर्ने असरप्रति स्वयं जिम्मेवार हुने स्पष्ट गरेको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

नियुक्तिमा : मेरिटोक्रेसी कि अटोक्रेसी ?

‘स्थायी’ सरकारमा खल्बलियो ‘चेन अफ कमाण्ड’ : राजीनामा दिएर बाहिरिए सचिव शर्मा

एसबीआई बैंकमा श्रमिक उत्पीडन : उजुरी गर्ने कर्मचारीमाथि नै सरुवा, राष्ट्र बैंकको शरणमा कर्मचारी संघ

सहसचिव गजेन्द्रकुमार ठाकुरको ओरालो यात्रा

गुठी संस्थानमा शैलेन्द्रराज कुँवरको पुनरागमन, अधुरा सुधारलाई निरन्तरता दिने अपेक्षा

अध्यादेशबाट पजनी,तिनैलाई धमाधम नियुक्ति

कर परीक्षणको नाममा ५ लाख घुस माग्ने कर अधिकृत पक्राउ, अख्तियारको ‘ट्र्याप’मा परे पाल

सिंहदरबारमा यसरी चल्दैछ समानान्तर शासन

बिशेष