१३ मन्त्रालयको कटौती,चार मन्त्रालयमा थपिए २२९ दरबन्दी

सरकारले विभिन्न १७ मन्त्रालयको ओएनएम टुंग्याउँदा चार मन्त्रालयको दरबन्दी भने थप भएको छ । दरबन्दी थप भएका मन्त्रालयमा गृह,महिला बालबालिका,पूर्वाधार,विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय रहेका छन् ।

बिज्ञापन

परराष्ट्र बाहेक अन्य मन्त्रालयहरुले ओएनएम टुंग्याउँदा साबिकको २२ हजार २४६ दरबन्दीबाट दुई हजार ५७७ कटौती भएर १९ हजार ६६९ कायम भएका छन् । जसमा अर्थ मन्त्रालयमा साबिकको ३ हजार ११ दरबन्दीबाट १०१ कटौतीमा परेको छ भने उद्योग मन्त्रालयको साविकको ८०३ दरबन्दीबाट १०७ दरबन्दी कटौतीमा परेको छ । यस्तै कानुन न्याय तथा संसदीय मामिलाको १० दरबन्दी कटौतीमा परेर ११४ कायम भएको छ ।

बिज्ञापन

स्वीकृत ओएनएम अनुसार,कृषि तथा वन तर्फको सबैभन्दा बढी १५६२ दरबन्दी कटौतीमा पर्दा गृह मन्त्रालयमा भने ९३ दरबन्दी थप भएको छ । गृह मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) २०८३ मार्फत कुल कर्मचारी दरबन्दी ४ हजार ४८२ बाट बढेर ४ हजार ६११ पुगेको छ। अर्थात् समग्रमा १२९ दरबन्दी थप भएका छन्। नयाँ ओएण्डएमअनुसार उपसचिवको दरबन्दी ६ थप गरिएको छ। यसअघि १५५ रहेकोमा अब १६१ पुगेको छ। त्यस्तै शाखा अधिकृतमा ५३ दरबन्दी थप गरिएको छ। शाखा अधिकृतको संख्या ५९१ बाट बढाएर ६४४ पुर्‍याइएको छ। नायब सुब्बाको दरबन्दीमा ५१ थप गरिएको छ। यससँगै नायब सुब्बाको संख्या १ हजार ३७० बाट १ हजार ४२१ पुगेको छ। खरिदारमा ३ दरबन्दी थप गरिएको छ । वन मन्त्रालय मातहतबाट समरजंग कम्पनी गृहमा ल्याइएका कारण सो दरबन्दी थपिएको गृहले जनाएको छ ।
यता,पूर्वाधार विकास मन्त्रालयमा २३ दरबन्दी थप भएको छ । साविकमा सो मन्त्रालयमा २९१ दरबन्दी रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नयाँ ओएनएम गरी ४ जनाको दरबन्दी कटौती गरेको छ । भूमि व्यवस्था संघीय मामिला मन्त्रालयमा साविकमा ४१८ दरबन्दी रहेकोमा मातहतका निकाय समेत गरी १३९ दरबन्दी कटौतीमा परेको छ ।

यस्तै महिला बालबालिका मन्त्रालयमा भने २३ जनाको दरबन्दी थपेर १८३ कायम गरिएको छ । युवा श्रम तथा रोजगार मन्त्रालयको २५ दरबन्दी कटौतीमा परेको छ । रक्षा मन्त्रालयले १८ दरबन्दी कटौती गरेर ओएनएम स्वीकृत गराएको छ । उता,शिक्षा तथा खेलकुद मन्त्रालयमा साविकमा ९८६ दरबन्दी रहेकोमा ८२ दरबन्दी घटाएको छ । पर्यटन मन्त्रालयको ७९८ बाट १६१ दरबन्दी कटौतीमा परेको छ । यस्तै सूचना तथा सञ्चारबाट ५२ दरबन्दी कटौतीमा पर्दा स्वास्थ्यको साबिकको १२९९ दरबन्दीबाट ४७० कटौतीमा परेको छ । उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत ४७० दरबन्दी काटिएको छ । स्वीकृत ओएनएमअनुसार गृहमा ९३, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा ९० र पूर्वाधार विकास मन्त्रालय र महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा २३–२३ दरबन्दी गरी २२९ दरबन्दी थप भएको छ । जसमा नवप्रवर्तन मन्त्रालय नयाँ हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अर्थ मन्त्रालयमा उपसचिव सरुवाको तयारी, करिब ६० जनाको सूची बन्दै

सल्लाहकारले सल्लाह दिन्छन कि ब्युरोक्रेसी हल्लाउछन् ?

१३ मन्त्रालयको कटौती,चार मन्त्रालयमा थपिए २२९ दरबन्दी

कुन सेवामा कति दरबन्दी कटौती ?

४७ उपसचिवको सरुवा : २३ लाई पठाइयो नगरपालिका, स्थानीय तहबाट १८ आए संघीय मन्त्रालय

वीवाइडीले कर छलेको पृष्टि : रसुवा भन्सारमा १९ करोड २७ लाख दाखिला

छोरीलाई बाँच्न देऊ

प्रशासनका २३,इन्जिनियरिङतर्फका २,कृषि १ सहित २७ सहसचिवको सरुवा

बिशेष