प्रस्तावित निजामती ऐनको तरंग : चार महिनामै ३ सचिव,७० सह सचिवसहित ३७६ को राजीनामा

   पछिल्लो समय निजामतीभित्र राजीनामाको लहरै चलेको छ । साउन अन्तिम सातामात्र सूचना तथा सञ्चार मन्त्रालयका सचिव डा कमलप्रसाद पोखरेलले राजीनामा दिए । तथ्यांक कार्यालयबाट सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले रोजेरै लगेका डा पोखरेलले मन्त्रालयमा हाजिर भएको दुई दिन पछि नै राजीनामा दिएर हिडे । उनी हाजिर भएर काम थालेको दोस्रो दिनमै असहज महसुस गरे । तेस्रो दिन सञ्चो नभएको भन्दै मन्त्रालय नगएका उनले त्यही पछि राजीनामा दिएका थिए । जागिर अवधि झण्डै एक बर्ष रहेका पोखरेलको राजीनामालाई अस्वभाविक मानिएको छ । उनीझैं वैशाख महिना लागे यतामात्र तीन जना सचिवहरुले राजीनामा दिएको निजामती किताबखानाले जनाएको छ ।

बिज्ञापन

यता भदौं महिना लागे यता ३ सहसचिव र एक उपसचिवले राजीनामा दिएका छन् । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जगेडामा रहेका ६ सहसचिवमध्ये २ जनाले राजीनामा दिएका छन् । पछिल्लो समय सामान्य प्रशासनको जगेडा अर्थात अतिरिक्त समूहमा राखिएका सहसचिवहरु शंकरहरि आचार्य, राजेन्द्र देव पाण्डे, रूद्रप्रसाद लामिछाने,कृष्णबहादुर शाही, विनोद लामिछाने र चन्द्रबहादुर शिवाकोटी रहेकामा सहसचिवद्धय लामिछाने र शिवाकोटीले राजीनामा दिएका हुन । अबकाशमा जान डेढ महिना अवधि बाँकी रहेका उनले गत भदौं १ गतेदेखि लागू हुने गरी दिएको राजीनामा मंगलबार स्वीकृत भएको छ । यस्तै सहसचिव चन्द्रबहादुर शिवाकोटी समेत राजीनामा दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजमा रहेका सहसचिव लेखनाथ ज्ञवालीले यही अवधिमा राजीनामा दिएका छन्। सहसचिव ज्ञवाली असोज २७ गते अनिवार्य अवकाशमा जाने सूचीमा थिए। लेखनाथ ज्ञवाली जेष्ठताका आधारमा गत माघमा सहसचिवमा बढुवा भएका थिए। निजामती किताबखानाको तथ्यांक अनुसार चार महिनामा ७० जना सहसचिवले राजीनामा दिएका छन् ।
यस्तै भदौं महिना लागेसँगै उपसचिव अनोज घिमिरेले समेत राजीनामा दिइसकेका छन् । झापाको अर्जुनधारा नगरपालिकामा कार्यरत उपसचिव अनोज कुमार घिमिरेले नियमित सेवा अवधि एक वर्ष बाँकी छँदै पदबाट राजीनामा दिएका हुन । घिमिरेझैं पछिल्लो चार महिनामा ६५ जना उपसचिवले राजीनामा बुझाएका छन् । पछिल्लो चार महिनामा ३ सय ७६ जना कर्मचारीले पदबाट राजीनामा दिएका हुन् ।

बिज्ञापन

संघीय निजामती सेवा विद्येयकमा प्रधानमन्त्री सचिवालयको ठाडो दबाबमा ३०–५५ को प्रावधान राख्न खोजिएको र ३० वर्षभन्दा बढी सेवाको पेन्सन सुविधा हटाउने प्रावधान राख्न खोजिएको चर्चा छ । सोही चर्चा र परिचर्चाका कारण निजामतीभित्र राजीनामाको लहर छाएको कर्मचारीहरु बताउँछन् । एकातिर ३० बर्ष सेवा अवधि पूरा भएका र ५५ बर्षमै घर पठाउने प्रस्तावका अलवा ३० वर्षभन्दा बढी सेवा गरेपछि थप अवधिको पेन्सन सुविधा नदिने प्रस्तावले भने निजामतीमा तल्लादेखि उपलल्ला तहका र जागिर अवधि बर्ष दिन बाँकी रहेका सचिवदेखि १५ बर्ष बाँकी भएका सहसचिवहरुले सम्मले राजीनामा दिन लागेका हुन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सञ्चार सचिवमा राजेन्द्र पौडेल

यता प्राविधिक सचिवको दरबन्दी कटौती,उता काटियो प्रशासनको

सुदूरपश्चिम शयरमा मन्त्री रावल : सुन्नेछिन सहकारीदेखि भूमिहीनका समस्या

प्रस्तावित निजामती ऐनको तरंग : चार महिनामै ३ सचिव,७० सह सचिवसहित ३७६ को राजीनामा

गृहका तीन सहसचिव सरुवाको अन्तर्य : पञ्जीकरणको ठेक्का

टेण्डर विनै सोल्टीलाई संसदको ठेक्का

८० बर्षे महेश्वरभक्तको नियुक्ति बदर,किशोर थापामाथि उठ्यो प्रश्न

उपसचिवसम्मका सुविधा खोसिँदा केही मन्त्रीलाई ६ वटा सवारी

बिशेष