आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

शिक्षा तथा खेलकुद मन्त्रालयले आठ जना सहसचिवहरुको आन्तरिक जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालय र मातहतका निकायमा कार्यरत ८ जना सहसचिवको जिम्मेवारी हेरफेर हुँदा श्रीप्रसाद भट्टराईलाई मन्त्रालयको प्रवक्ता तथा योजना महाशाखाको जिम्मेवारी दिइएको छ । यस अघि योजना तथा अनुगमन शाखा सम्हाल्दै आएका शिवकुमार सापकोटालाई खेलकुद तथा विद्यालय शिक्षा महाशाखा दिइएको छ । मन्त्रालयका अनुसार,यस अघि श्रीप्रसाद भट्टराईले हेर्दै आएका उच्च तथा प्राविधिक शिक्षा महाशाखा अब जयराज अधिकारीले हेर्ने छन् ।

बिज्ञापन

त्यसैगरी, हरि निरौलालाई चिकित्सा शिक्षा आयोग, चन्द्रकान्त भुसाललाई शैक्षिक गुणस्तर परीक्षण केन्द्र र महेन्द्र पराजुलीलाई पाठ्यक्रम विकास केन्द्रको नेतृत्व दिइएको छ। यस्तै लक्ष्मी भट्टराई र वसन्त कोइराला दुवैलाई शिक्षा विभागको जिम्मेवारी तोक्दै मन्त्रालय तथा मातहतका निकायको प्रशासनिक एवं व्यवस्थापकीय कार्यलाई थप प्रभावकारी बनाउन नयाँ जिम्मेवारी बाँडफाँड गरिएको हो।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

ट्रेड युनियनको आडमा आयल निगममा ‘तर’ मार्दै चन्द

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

कार्यालय सहयोगीदेखि दशौं तहसम्मका गरी १५५ कर्मचारीको सरुवा

बिशेष