तीन सातामा अनलाइनबाटै १७ सय आवेदन,१७७ को सरुवा

  भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले अनलाइन सरुवा प्रणाली शुरु गरे यतामात्र १ सय ७७ कर्मचारीहरुको सरुवा गरेको जनाएको छ । मन्त्रालयले गत १६ असारमा कर्मचारी सरुवा प्रक्रियालाई पारदर्शी, व्यवस्थित, छिटोछरितो र प्रविधिमैत्री बनाउने उद्देश्यसहित डिजिटल सरुवा प्रणालीको थालेको तीन सातामै १ हजार ७ सय कर्मचारीहरुले अनलाइन आवेदन दिएका छन् । यसरी सरुवाका लागि आवेदन पेश गर्नेमा खरिदारसहित सहसचिव तहका कर्मचारीहरु रहेका छन् । मन्त्रालयले यो प्रणाली विकास गरे यतामात्र १ सय ७७ कर्मचारीहरुको अनलाइन प्रणालीबाटै सरुवा गरेको जनाएको हो । यसरी सरुवा भएका कर्मचारीहरुमा खरिदारदेखि उपसचिव तहका कर्मचारीहरु रहेका छन् ।

बिज्ञापन

यद्यपि कतिपय प्रशासनविद्हरुले यो सरुवा निजामती सेवा नियमावली विपरित भएको भन्दै आपत्ति समेत जनाउँदै आएका छन् । निजामती सेवा नियमावलीले सामान्य अवस्थामा अन्तरमन्त्रालय सरुवा प्रत्येक वर्ष भदौ महिनामा गर्ने व्यवस्था गरेको छ। अत्यावश्यक अवस्था, रिक्त पद, निलम्बन वा पदस्थापन गर्नैपर्ने विशेष परिस्थितिबाहेक वर्षभरि ठूलो संख्यामा सरुवा गर्ने अधिकार मन्त्रालयलाई छैन। तर पछिल्ला तीन सातामा मात्र झण्डै २ सय कर्मचारीहरुको सरुवा नियमावलीविपरित भएको प्रशासकहरुको टिप्पणी छ । असार २९ मा मात्र मन्त्रालयले ११२ जना अधिकृत तहका कर्मचारीहरुको सरुवा गरेको थियो । यस्तै असार २६ मा ३९ जना कर्मचारीहरुको सरुवा गरेको मन्त्रालयले जनाएको छ । यस्तै १६ असार पछाडि विभिन्न मितिमा २६ जना गरी कूल १७७ जना कर्मचारीको अनलाइनबाटै सरुवा भएको मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

मन्त्रालयले गत असार १६ गतेदेखि कर्मचारीहरुको सरुवाका लागि ‘ट्रान्सफर म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम’ नामक सफ्टवेयर सञ्चालनमा ल्याएको छ । मन्त्रालयका अनुसार यो तीन साताको अवधिमा झण्डै १ हजार सात सयले अनलाइनबाटै सरुवाका लागि आवेदन पेश गरेका हुन । मन्त्रालयले अनलाइनबाहेक अन्य कुनै माध्यमबाट प्राप्त हुने निवेदनमाथि कारबाही नगरिने जनाएसँगै सरुवाका लागि अनलाइनबाटै आवेदन पेश गर्ने क्रम बढेको हो ।

मन्त्रालयले इच्छुक कर्मचारीहरूले अनिवार्य रूपमा प्रणालीमा आफ्नो व्यक्तिगत खाता सिर्जना गरी अनलाइन प्रणालीमार्फत सरुवाको निवेदन पेस गर्न सक्नेछन् । अनलाइन प्रणालीबाहेक अन्य कुनै माध्यमबाट प्राप्त हुने सरुवासम्बन्धी निवेदनउपर कुनै कारबाही नहुने मन्त्रालयले प्रस्ट पारेको छ । प्रणाली प्रयोगसम्बन्धी म्यानुअल तथा आवश्यक जानकारी प्रणालीमै राखिएको मन्त्रालयले जनाएको थियो ।

बिज्ञापन

सरुवा प्रणालीलाई निजामती किताबखानाको व्यक्तिगत सूचना प्रणाली (पिआइएस)सँगसमेत जोडिएको कारण कर्मचारी कहिले, कहाँ कार्यरत रहेकोलगायतका व्यक्तिगत विवरणमा समेत पहुँच पु¥याउनेछ । यस प्रणालीमा सरुवासम्बन्धी आवेदनका लागि ‘फ्ल्यागिङ’ प्रणालीसमेत छ । यसले दोहोरिने, विशेष निगरानी आवश्यक पर्ने वा थप परीक्षण गर्नुपर्ने आवेदनको सहज पहिचान गर्न सहयोग गर्नेछ । साथै, कर्मचारीले आफ्नो सरुवा आवेदन कुन चरणमा पुगेको छ भन्ने जानकारी प्रोसेस ट्र्याकिङ प्रणालीमार्फत अनलाइनबाटै हेर्न सकिने मन्त्रालयले जनाएको छ ।

कसरी गर्ने अनलाइन आवेदन ?
मन्त्रालयले अनलाइन सरुवा निर्देशिका तयार गरेको छ । जस अनुसार,कर्मचारी अनलाइन आवेदनका लागि सबैभन्दा पहिला कर्मचारी सरुवा व्यवस्थापन प्रणालीमा जानुपर्दछ । सो प्रणालीभित्र छिरेपछि कर्मचारी आवेदक खाता अनिवार्य खोल्नुपर्दछ । यस्तै,खाता खोल्नका लागि राष्ट्रिय निजामती किताबखाना अभिलेखमा भए बमोजिम कर्मचारी संकेत नम्बर,मोवाइल नम्बर र जारी मिति ,इमेल,हालको पदमा नियुक्ति मिति र कर्मचारीको नाम लगायतका विवरण इन्ट्री गर्नुपर्ने हुन्छ ।
निर्देशिका अनुसार,यसरी भरिएको विवरण निजामती किताबखानामा भएको विवरण मिल्नुपर्दछ । यी चरणहरु पूरा गरेसँगै कर्मचारी व्यवस्थापन प्रणालीको लगइन पासपोर्ड बनाउनुपर्ने हुन्छ । यस पछि सम्बन्धित कर्मचारीको मोवाइलमा ओटिपी नम्बर प्राप्त हुन्छ ।

त्यस पछि अनलाइन निवेदन पेश गर्ने ठाउँमा प्रवेश गर्न सकिन्छ । अनलाइन सरुवा आवेदन प्रणालीभित्र छिरेपछि कर्मचारीहरुले आफ्नो संकेत नम्बर मोवाइल नम्बर र पासवर्ड राखेर प्रणाली लगइन गर्न सकिन्छ । त्यस पश्चात सरुवा निवेदन बटअनमा पुगिन्छ । सरुवा हुन इच्छुक तीन देखि पाँचवटासम्म प्रथामिकतामा राखेर कार्यालय रोज्नुपर्ने हुन्छ । सरुवाको कारण,सरुवाको निवेदन व्यहोरा,थप कुनै कागजात भए प्रविशष्ट गर्न सकिन्छ ।

विवरण रुजु पछि स्वघोषणा गर्नुपर्ने हुन्छ । कर्मचारी शाखाबाट विवरण रुजु भएपछि सम्बन्धित कर्मचारीको इमेलमा सरुवा निर्णय र सरुवा पत्र प्राप्त हुने गरी प्रणाली विकास गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्टोरमा जरा गाडेका कर्मचारी : विवरण मागियो, तर सरुवा हुन सकेन, आखिर कसको संरक्षण ?

प्रहरीको फरार,सरकार प्रमुखको प्यार

तीन सातामा अनलाइनबाटै १७ सय आवेदन,१७७ को सरुवा

१६ महिनापछि प्रदेशबाट संघमा फर्कदै यादव,भट्टराई प्रदेशबाट फेरि प्रदेशमै

१३ सचिवको दरबन्दी कटौती गर्ने तयारी

महिला हाकिम पनि घुस असुल्नमा के कम ?

राष्ट्रिय कितावखानाको दायरा विस्तार, प्रहरी र शिक्षक कितावखाना एकीकृत

गज्जबको मेरिटोक्रेसी : बढी अंक ल्याउने फालिए,कम अंक ल्याउनेले नियुक्ति पाए

बिशेष