१० सचिव,३५ सहसचिव ६५ उपसचिवसहित ६ सय कर्मचारीको दरबन्दी कटौती

  सरकारले विभिन्न मन्त्रालयहरूको संगठन संरचना तथा दरबन्दी स्वीकृत गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयहरूको संगठनात्मक संरचना र आवश्यक कर्मचारी दरबन्दी स्वीकृत गर्ने निर्णय हो । जस अनुसार,कार्यालय सहयोगीदेखि सचिव तहमा गरी झण्डै ६ सय कर्मचारीको दरबन्दी कटौती भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ । जसमा १० जना सचिव,३५ जना सहसचिवको दरबन्दी कटौती भएको जनाइएको छ ।

बिज्ञापन

३० वैशाखको मन्त्रीपरिषद् बैठकले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ मा झारेको छ भने ३१ निकायको खारेजी, ६ निकाय मर्जर, ६ निकाय हस्तानान्तरण र १८ निकायको पुनः संरचना गर्ने बजेट भाषणमा घोषणा गरिएको थियो ।

बिज्ञापन

सोही अनुसार सरकारले मन्त्रालय र निकायको संख्या घटाएर कर्मचारी प्रशासनलाई चुस्त बनाउने अभियानअन्तर्गत सबै मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षणको काम अगाडि बढाएको थियो । यस अघि प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालयलाई असार ७ गतेभित्र ओ एण्ड एम सर्वेक्षण सम्पन्न गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको भए पनि गुपचुप असार मसान्तसम्मको समय सीमा थपिएको थियो । प्रधानमन्त्री कार्यालयका सचिव किरणराज शर्माको नेतृत्वमा गठित उच्चस्तरीय कार्यदलमा अर्थ सचिव डा घनश्याम उपाध्याय, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव कृष्णबहादुर राउत तथा भूमिव्यवस्था, सहकारी ,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेल सदस्य रहेका थिए । जसले मन्त्रालय गाभिएपछि कायम रहेका दोहोरा संरचना, निष्क्रिय महाशाखा तथा कार्यक्षेत्र दोहोरिएका शाखाहरूलाई पुनर्संरचनाको काम अगाडि बढाएको थियो ।

विभिन्न मन्त्रालयले तयार पारेर बुझाएको ओएनएमको प्रस्ताव अनुसार सचिव,सहसचिव उपसचिव, शाखा अधिकृत, नायब सुब्बा र खरिदार तहका ६ सय कर्मचारीको दरबन्दी कटौती गर्ने भएको हो । नयाँ ओ एनएम १० सचिव, ३५ सहसचिव, ६५ उपसचिव, ७० शाखा अधिकृत गरि २ सय ५० तथा कार्यालय सहयोगी, खरिदार र नायब सुब्बा गरी करिब ३ सय कटौती भएका छन्।कार्यालय सहयोगीददेखि सहसचिव गरी झण्डै ६ सय पद कटौतीमा परेका छन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

१० सचिव,३५ सहसचिव ६५ उपसचिवसहित ६ सय कर्मचारीको दरबन्दी कटौती

करारका कर्मचारीमाथि विभेद किन ?

राष्ट्रिय कितावखानाको विशेष प्याकेज : सार्वजनिक विदाका दिनमा समेत सम्पति विवरण वुझाउन सकिने

३ अर्ब ४५ करोडको बजेट ल्याउँदै बुढानीलकण्ठ, शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्मलाई उच्च प्राथमिकता

यो निर्णयबाट पनि व्याक भयो सरकार

करार कर्मचारी नहटाइने, ‘पूल’मा राखेर आवश्यकता अनुसार परिचालन गरिने

छाया निर्देशक बनेर वीर अस्पताल चलाएको आरोप, डा. दीपक मिश्रविरुद्ध अख्तियारमा उजुरी

दुई बिरामीको मृत्यु र उपचार विवादमा मुछिएका डा. जितेन्द्र सिभिल अस्पतालको कार्यकारी बन्न दौडमा

बिशेष