कसरी कुम्ल्याउँछन् फौजका लेखापालले करोडौं ?

सुरक्षा निकायहरूमा वर्दीविहीन र तल्लो तहका कर्मचारीको आर्थिक रवाफवारे व्यापक चर्चा छ । उपल्लो तहका हाकिमसँगको उठबस, आर्थिक लेनदेन र निकटताले सीमा नाघेपछि सुरक्षा निकायका ठूला भनिएका हाकिमहरूसमेत सशंकित बनेका छन् । विशेषगरी ती निकायका एकाउण्टेण्ट र सहायक लेखापालको हैसियतले सबैलाई झस्काएको हो । अहिले सबैभन्दा धेरै चर्चा सशस्त्र प्रहरी बलका एकाउण्टेण्टहरूको हुन थालेको छ । त्यसका एक प्रतिनिधि पात्र हुन कल्पना गुरुङ ।

बिज्ञापन

जो सशस्त्र प्रहरी बल नेपालले कीर्तिपुरमा सञ्चालन गरेको एपीएफ स्कुलमा ६ बर्षदेखि एउटै पद अर्थात लेखा अधिकृतको रुपमा कार्यरत थिइन र ११ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा हालै पक्राउ परेकी छिन् । साधरणतया प्रहरीका लेखा प्रमुखलाई बढीमा दुई वर्षमा सरुवा हुने प्रचलन भए पछि शक्तिकेन्द्रको आडमा गुरुङ भने झन्डै ६ वर्षसम्म त्यहाँबाट दायाँबायाँ हुन परेको थिएन । उनी शैलेन्द्र खनाल सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) हुँदा सो स्कुलको लेखा सम्हाल्न पुगेकी थिएन । जिम्मेवारी सम्हाल्दा सशस्त्र प्रहरी नायव निरीक्षक (सई) थिइन । त्यहीँ बसेर सशस्त्र प्रहरी निरीक्षकमा बढुवा भइसकेकी छिन् । विगतमा कार्यदल र नम्बर २० गण सिनामंगलको समेत लेखा प्रमुखको जिम्मेवारी बहन गरिसकेकी गुरुङलाई लामो समयदेखि एउटै कार्यालय र काठमाडौं उपत्यकाभित्रै राखिएको भन्दै लेखा उपसमूहका अधिकृतहरूले आलोचना गर्दै आएका छन् । उनैले सशस्त्र प्रहरी बल स्कुलको पैसा आफ्नो खातामा हालेको बिषय उठान भए पछि सशस्त्र प्रहरीले कानुन शाखाका डीआइजी युवराज अर्यालको नेतृत्वमा सो सम्बन्धमा छानबिन समिति गठन गरेको थियो ।

बिज्ञापन

समितिको प्रतिवेदनका आधारमा कल्पनाले आफ्नो साथीको बैंक खातामा रकम ट्रान्सफर गरेर अपचलन गरेको उल्लेख छ । त्यसपछि केही समय रकम फिर्ताका लागि समय दिइए पनि रकम फिर्ता नभएपछि सशस्त्र प्रहरीकै पत्रका आधारमा इन्स्पेक्टर गुरुङ र रकम चलाउने लामालाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो । गुरुङले विद्यालयको रकम सशस्त्र प्रहरी कल्याण कोषमा नपठाई पटक पटक व्यक्तिगत खातामा ट्रान्सफर गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ४ वर्षदेखि स्कुलको ११ करोड रुपैयाँ विभिन्न मितिहरूमा साथीको बैंक खातामा पठाएको खुलेको थियो । दुवै जनाले रकम अपचलन गरेको स्वीकार गरेका छन् ।

सशस्त्र प्रहरी स्रोत भन्छ, ‘त्यहि दर्जाका अरुले बर्दी लगाएर चौबिसै घण्टा फिल्डमा खटिनुपर्छ । त्यसैले कहिल्यै पनि लेखाका सइहरूले सेकेण्डम्यानलाई समेत नटेरेका उदाहरण छन् । किनभने उनीहरूले कहिल्यै छिर्केबिर्के पोशाक चुस्ता लगाउनु पर्दैन, कवाज तालिम केही लिनै पर्दैन ।’ सरुवा पनि बिचित्र खालको हुने गरेको उनीहरूको दाबी छ । ‘आफ्नै क्षेत्र (लेखा) मा खटिन्छन्, सरुवा हुँदा गण मात्र परिवर्तन हुन्छ । एकाउण्टेण्टबाट एकाउण्टेण्टमा सरुवा हुने हो, ’स्रोतले बताएको छ । हरेक वर्ष एउटा गणबाट अर्को गणमा सरुवा हुने भएपछि उनीहरू हिसाब किताब मिलाउन सजिलो हुने गरी गणका हाकिम नै फेरबदल गर्न समेत पछि पर्दैनन् । लेखाको हिसाब सजिलैसँग मिलाउन सहज हुनेगरी आईजीपीलाई भनाएर एसपीको सरुवा गराइदिन्छन् ।

बिज्ञापन

क्षेत्रगत रुपमा हेर्दा सशस्त्रमा पूर्वतिरका एकाउण्टेण्टहरू सबैभन्दा उत्पातका देखिएका छन् । उनीहरूले ठूला हाउजिङमा लगानी गरेका छन् । सेयरलगायतका क्षेत्रमा इन्भेष्टमेण्ट गरेका छन् भने जग्गा प्लटिङ्ग गरेर समेत बसेको देखिए पनि उनीहरुको हकमा अनुसन्धान हुन नसकेको प्रहरी उच्च अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

प्रधानमन्त्रीसँग १४ मन्त्री र मुख्यसचिवको कार्यसम्पादन सम्झौता

अनलाइनबाटै आवेदन दिएका २ हजारमध्ये ४ सयको सरुवा,एक सयको प्रक्रियामा

समयमा कार्यालय पुग्दैनन् कर्मचारी,१० हजार २६८ माथि कारवाहीको डण्डा बर्सदै

कर्मचारी अध्ययन बिदा विवादमा प्रदेश सरकारको निर्णय कार्यन्वयन नगर्न सर्वाेच्चको अन्तरिम आदेश

सरकारी जग्गा संरक्षण गर्ने निकायबाटै सरकारी सम्पत्तिको दोहन ?

कम्युटर अपरेटरको बढुवाको व्यवस्था यथावत राख्न माग

मन्त्रिपरिषद् बैठक बस्दै, तीन सहसचिव सचिवमा बढुवा, सचिवहरुको सरुवा हुने सम्भावना

प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक

बिशेष