नक्कली प्रज्ञापनपत्र बनाएर भेप तस्करी : सात बर्ष कैद हुनुपर्ने प्रतिवादी छुटे धरौटीमा

नक्कली प्रज्ञापनपत्र बनाएर भेप तस्करी भएको र सो घटनामा संग्लग्नहरुलाई अदालतले कैद सजाय दिनुपर्नेमा धरौटीमा छुटाएको भन्दै सरकारी वकिल कार्यालय उच्च अदालत पुगेको छ ।

बिज्ञापन

प्रसंग गत जेठ १ गते रातीको हो । मुस्ताङको लोमान्थाङस्थित भन्सार चेकपोष्टमा दुई कन्टेनर नियन्त्रणमा लिइएको थियो। ना ६ ख ४७४३ र ना ५ ख ७९२१ नम्बरका कन्टेनरमा ५९१ कार्टुन भेप फेला परेको थियो । बरामद भेपको संख्या करिब १ लाख २० हजार पिस रहेको बताइएको छ । भेपको राजस्व, जरिवाना र कानुनी दायित्व जोड्दा आर्थिक दायरा ६४ करोड रुपैयाँभन्दा माथि पुग्ने हिसाब गर्दछन्,जानकारहरु ।

बिज्ञापन

नक्कली प्रज्ञापनपत्र बनाएर मुस्ताङको कोरोला नाकाबाट बरामद भएको करिब ६४ करोड रुपैयाँ बराबरको भेप (विद्युतीय चुरोट) प्रकरणमा प्रहरीले ना ६ ख ४८४३ र ना ५ ख ७९२१ नम्बरका दुईवटा गाडी नियन्त्रणमा लिइएको थियो । घटनामा संलग्न रहेको आरोपमा दुई ड्राइभरहरू सन्तोष लामा, फुन्जु दोर्जे तथा अर्का व्यक्ति रविन्द्र दर्नाल पक्राउ परे । एक फरार रहेको जनाइएको छ । सोही प्रकरणमा भन्सार कार्यालय नेचुङ, मुस्ताङका अधिकृत अमिन्द्र सिंहको प्रतिवेदनका आधारमा जिल्ला अदालत मुस्ताङमा मुद्धा दायर भएको थियो । जहाँ सन्तोष लामा, फुन्चु दोर्जे तामाङ, रविन्द्र दर्नाल र फरार रहेका हिमेश तामाङलाई प्रतिवादी बनाइएको थियो । सरकारी लिखत कीर्ते तथा नक्कली भन्सार प्रज्ञापन प्रयोग गरी सामान पैठारी गरेको अभियोग थियो उनीहरुमाथि । तर नक्कली प्रज्ञापनपत्र बनाउनमा त्यहिका भन्सार अधिकृतको भुमिका रहेको श्रोतको दाबी रहेको छ ।  सो प्रकरणमा जिल्ला अदालतले एक जना थुनामा राखेर अरु दुईलाई धरौटीमा छाडिदिएको र अर्को एक फरार रहेका छन् ।

मुस्ताङ जिल्ला अदालतले धरौटीमा छाड्न दिएको आदेश विरुद्ध ७३ नम्बर अनुसार जिल्ला सरकारी वकिलको कार्यालय मुस्ताङले उच्च सरकारी वकिलको कार्यालय बागलुङलाई लेखी पठाएको हो । जिल्ला सरकारी वकिलको कार्यालयले धरौटीमा छाड्दा प्रक्रिया नमिलेको दावीसहित सरकारी वकिलको कार्यालयले उच्च सरकारी वकिलको कार्यालयलाई लेखी पठाएको र सोही अनुसार पुनरावेदनका लागि प्रक्रिया अगाडि बढाइएको उच्च सरकारी वकिल कार्यालय बागलुङका सहन्यायाधिवक्ता यादव प्रसाद पौडेलले कर्मचारी प्रेसलाई प्रतिक्रिया दिएका छन् ।
कानुन अनुसार कीर्ते प्रकरणमा सात बर्ष कैद सजाय हुनुपर्ने प्रतिवादीलाई धरौटीमा छाडिएको बिषयमा पुनरावेदनको माग गरेको छ जिल्ला सरकारी वकिलको कार्यालयले । सात बर्ष कैद र ७० हजार बिगो कायम भएको सो घटनामा अदालतले धरौटीमा छाडेको छ । कानुनले तीन बर्षभन्दा बढी कैद सजाय तोकिएको घटनामा थुनामा राख्नुपर्ने भए पनि जिल्ला अदालतले बदमासी गरेको र धरौटीमा छाडेपछि सो प्रक्रिया नमिलेको भन्दै जिल्ला सरकारी वकिलको कार्यालयले असार पहिलो साता नै उच्च सरकारी वकिलको कार्यालयमा निवेदन पेश गरेकोमा सो मुद्धा उच्च अदालतमा दर्ता भइसकेको र सुनुवाईको प्रक्रियामा रहेको अदालतले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कर्मचारीको विदेश भ्रमणमा कडाइ

मन्त्रिपरिषद्को पाँच निर्णय : कासमूमा ७५ प्रतिशत अंक कटाउनेलाई कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

डीएफओ र वन अधिकृतहरुको सरुवा

बढ्यो राष्ट्रपति, प्रधानमन्त्रीदेखि सांसदको तलब ,कसको कति ?

किशोर श्रेष्ठलाई बरामद सामानसहित सोमबार सर्वाेच्च अदालतमा उपस्थित गराउन आदेश

चौंथोदेखि सातौं तहसम्म २५ करार कर्मचारी भर्ती गर्दै वैकल्पिक उर्जा केन्द्र

किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाई न्यायधीश ढकालको इजलाशमा

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

बिशेष