प्रहरीले झण्डै सात हजार थान इलेक्टिक चुरोट अर्थात् भेप बरामद् गरेको छ । सिन्धुपाल्चोकको बाह्रबिसे स्थित ७ हजार भन्दा बढी भेप बरामद गरेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीले आज ७ हजार भन्दा बढी भेप बरामद गरेको जनाएको छ । अहिले बजार मूल्य अनुसार ११ डलर माथि पर्दछ ।
यस अघि मुस्ताङको कोरला नाकाबाट ठूलो परिणाममा भेप प्रहरीले बरामद गरेको थियो । पूरानो समूह निस्क्रिय भएको समूहमा नयाँ समूहले भेप तस्करी गरेको अनुमान गरिएको छ । अनुसन्धान अधिकारीहरुका अनुसार मुस्ताङको कोरला नाकाबाट तस्करी गर्ने समूहले नै तातोपानी नाकाबाट भेप बरामद गरेको हो । चीनबाट मुख्यतयाः रसुवागढी र तातोपानी नाकाबाट भेप आयात हुँदै आएकोमा यस अघि तस्करहरुको समूहले कोरला नाका हुँदै ठूलो परिणाममा भेप ल्याउँदै गर्दा बरामद भएको थियो ।
बिज्ञापन
सोही समूहले तातोपानी नाका हुँदै भेप भित्र्याएको अनुसन्धान अधिकृतहरु बताउँछन् । प्रहरीले बरामद भएको सो भेप थप अनुसन्धान तथा कारवाहीका लागि तातोपानी भन्सारमै पठाउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ ।


























