नागरिकताको हक

फर्केनन चराहरु गुँड
बचेराहरु रोए पनि
उदाश देखिए वृक्ष
फूलेनन फूल
हरिण वहकियो
पाठो शिकारीको जालमा फसे पछि ।
दयाको सागर सुकी सक्यो
मानवता चुटिएको चुटिएै छ
कु्ररताले सीमा नाघ्यो
मान्छे निरङकुश बनेको छ
मान्छे भित्रको संवेदना मरी सक्यो
मान्छे मृत्युमा खित्का छोडेर हाँसेको छ ।
घाम रोइ रहेकी छे
खग्रास हुने डरले
धरती विलौना गाउँछे
भूकम्पको चुटाई खाए पछि
दिनहरु सुरक्षा कवच बन्न सकेनन
अकालमा शिशुहरु मारिदा पनि
चेत हराएर गै सक्यो
अर्ध चेतमै मृत्युलाई झपार्छ मान्छे ।
मोक्ष प्राप्तिको कुष्ठा बोकेर
देवालय धाउँछ मान्छे
अर्थहीन अनुहार छाम्दै
ढुङ्गोलाई देवता ठानी
जीवनका निराशालाई
देवता सामु पस्कन्छ
सान्त्वनाको वरदान पाउनलाई ।
मलाई थाहा थियो
ढुङ्गो देवता हुन सक्तैन
तिम्रो अन्धता देखेर
कथित देवताहरु हाँसि रहेछन
मन्दिरको टुँडाल चिहाउँदै
तिमी श्रापित जिन्दगी घिसार
तिमी वरदान पाउन योग्य छैनौ
पाप मोचनको आँसु नझार ।
तिमी कत्ले आममा विश्वास गर्ने
नृशंस शासक हौ
देशभक्तलाई झुण्डाएर
राष्ट्रघातिलाई सम्मान गर्छौ
मुलुक सीमामा रोइ रहँदा
तिमी निदाएको स्वाङ्ग पार्दै
अतिक्रमणकारी कै पाउमा शरण पर्छौ
तिमी संग छैन राष्ट्रवाद
न त राष्ट्रियता नै
तिमी  सेवक हैन
तिमी दास हौ
साम्राज्यवादीको आँगन सिगार्ने ।
हामी स्वाधिनता खाजिरहे छौ
हामी खोजि रहेछौ हराइ रहेको देश
हज्जारौ नागरिक
अनागरिक बनाएर
शाणर्थी शिविरमा नराख
हामी खोजिरहेछौ वंशजले पाउने नागरिकताको हक ।
सुन्दरहरैंचा –०६, दुलारी, मोरङ
९८४२०७३५२५
बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

शाखा अधिकृत,लेखापाल,सहायक लेखापालसहित १० विरुद्ध भ्रष्टाचार मुद्धा

यस्ता छन् मन्त्रिपरिषद् बैठकका आठ निर्णयहरु

थुनिएका विदेशीलाई मुर्गा बनाएपछि हिरासतमा पुगे हास्य कलाकार

विवादमा मुख्यसचिवको पहिलो निर्णय : स्थायी नियुक्ति रोक्ने तयारीले भड्किएका युवा सडकमा

अदालतबाट ‘अयोग्य’ ठहर भएका सिइओको पक्षमा रास्वपाको माननीय

मन्त्रिपरिषद् बैठक बस्दै

प्रदेश सरकारबाट बाहिरियो एमाले, ६ मन्त्रीले दिए सामुहिक राजीनामा

एक्सट्रिम इनर्जीमाथि वाणिज्य विभागको एक्सन : खाद्य प्रविधिमा हुँदैछ परीक्षण

बिशेष