फर्केनन चराहरु गुँड
बचेराहरु रोए पनि
उदाश देखिए वृक्ष
फूलेनन फूल
हरिण वहकियो
पाठो शिकारीको जालमा फसे पछि ।
दयाको सागर सुकी सक्यो
मानवता चुटिएको चुटिएै छ
कु्ररताले सीमा नाघ्यो
मान्छे निरङकुश बनेको छ
मान्छे भित्रको संवेदना मरी सक्यो
मान्छे मृत्युमा खित्का छोडेर हाँसेको छ ।
घाम रोइ रहेकी छे
खग्रास हुने डरले
धरती विलौना गाउँछे
भूकम्पको चुटाई खाए पछि
दिनहरु सुरक्षा कवच बन्न सकेनन
अकालमा शिशुहरु मारिदा पनि
चेत हराएर गै सक्यो
अर्ध चेतमै मृत्युलाई झपार्छ मान्छे ।
मोक्ष प्राप्तिको कुष्ठा बोकेर
देवालय धाउँछ मान्छे
अर्थहीन अनुहार छाम्दै
ढुङ्गोलाई देवता ठानी
जीवनका निराशालाई
देवता सामु पस्कन्छ
सान्त्वनाको वरदान पाउनलाई ।
मलाई थाहा थियो
ढुङ्गो देवता हुन सक्तैन
तिम्रो अन्धता देखेर
कथित देवताहरु हाँसि रहेछन
मन्दिरको टुँडाल चिहाउँदै
तिमी श्रापित जिन्दगी घिसार
तिमी वरदान पाउन योग्य छैनौ
पाप मोचनको आँसु नझार ।
तिमी कत्ले आममा विश्वास गर्ने
नृशंस शासक हौ
देशभक्तलाई झुण्डाएर
राष्ट्रघातिलाई सम्मान गर्छौ
मुलुक सीमामा रोइ रहँदा
तिमी निदाएको स्वाङ्ग पार्दै
अतिक्रमणकारी कै पाउमा शरण पर्छौ
तिमी संग छैन राष्ट्रवाद
न त राष्ट्रियता नै
तिमी सेवक हैन
तिमी दास हौ
साम्राज्यवादीको आँगन सिगार्ने ।
हामी स्वाधिनता खाजिरहे छौ
हामी खोजि रहेछौ हराइ रहेको देश
हज्जारौ नागरिक
अनागरिक बनाएर
शाणर्थी शिविरमा नराख
हामी खोजिरहेछौ वंशजले पाउने नागरिकताको हक ।
सुन्दरहरैंचा –०६, दुलारी, मोरङ
९८४२०७३५२५

































