हिरासतमा रहेका अग्रवालको हातमा आइप्याड,प्रहरी प्रमुखको भूमिका शंकास्पद्

ललितपुर प्रहरी परिसरका प्रहरीमाथि छानबिन सुरु भएको छ। सम्पत्ति शुद्धीकरणको कसुरमा ललितपुर प्रहरीको हिरासतमा रहेका सुलभ अग्रवाल र दिपक भट्टहरुलाई सघाएको देखिएसँगै उपत्यका प्रहरी कार्यालय छानबिन थालेको हो ।शंकर ग्रुपका सञ्चालक अग्रवाललाई चैत २२ मा विभागले नियन्त्रणमा लिएको थियो । व्यवसायी दीपक भट्टलाई सीआईबीले चैत १९ मा पक्राउ गरेर विभागको जिम्मा लगाएको थियो ।

बिज्ञापन

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्ट र अग्रवाललाई हिरासतमा राख्न जिल्ला प्रहरी परिसर, ललितपुरमा पठाएको थियो। हिरासतमा रहेका अग्रवालले आइप्याड प्रयोग गरिरहेको,भेटघाटमा विशेष सुविधा दिएको तथा राति प्रहरीकै कोठामा सुताएको विषय प्रकाशमा आएसँगै सो बिषयमा छानबिन गर्नका लागि समिति गठन भएको छ । । जिल्ला प्रहरी परिसरले नै आइप्याड बरामद गरेर उपत्यका प्रहरी कार्यालयलाई जिम्मा लगाएको छ ।

बिज्ञापन

उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी ईश्वर कार्कीले समिति गठन गरी छानबिन प्रक्रिया अघि बढाइएको पुष्टि गरे। डिआइजी ओम अधिकारीको नेतृत्वमा ५ जनाको समिति गठन भएको हो । ललितपुर परिसरका एसएसपी होबिन्द्र बोगटीले नै उनीहरूलाई यसरी हिरासतमा सघाएको आरोप लागेको छ।

यो प्रकरण पछि दिपक भट्टलाई ललितपुरबाट बौद्ध सारिएको छ भने अग्रवाललाई अस्पताल भर्ना गरिएको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

बासुदेव गृह तानिए,ईश्वरी राती नै हाजिर भए

चिकित्सकमाथि आक्रमणपछि सरकारको कडा सन्देश : उपचार सेवा नरोकिने, दोषीमाथि कानुनी कारबाही अघि बढ्यो

निजामती प्रशासनको मूल्य संकट : सुशासनको आधार कि असफल राज्यको संकेत?

बिदा सकिए पनि काममा नफर्कने सात इन्जिनियरलाई बर्खास्त गर्ने मन्त्रालयको तयारी

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

१५ उपसचिवहरुको सरुवा

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको संगठन संरचना स्वीकृत, दरबन्दी दर्ता गर्ने दोस्रो मन्त्रालय बन्यो

बोलबम घटनापछि सुनसरीका सीडीओ बासुदेव घिमिरे र प्रहरी प्रमुख हटाइने तयारी

बिशेष