बैंकमा बदमासी : हिमालयनमा ३३ प्रतिशत कर्मचारी आउटसोर्सिङका

सरकारी तथा निजी बैंकहरुले आउटसोर्सिङ मार्फत कर्मचारी ल्याएर श्रमिकको श्रम शोषण गर्दै आएको खुलेको छ ।

बिज्ञापन

बैंक तथा वित्तीय संस्थाहरूमा काम आउटसोर्सिङमार्फत कर्मचारी राखेर चरम शोषण गर्ने गरेको खुलासा भएको हो । बैंक तथा वित्तीय संस्थाहरूले आउटसोर्सिङमा कर्मचारी नियुक्ति गरेर न्यूनतम पारिश्रमिकमा काम लगाउने गरेको, धेरै कार्य घण्टा काममा लगाउने गरिएको, चाडपर्व खर्च कम दिने गरेको तथा श्रम ऐन अनुसार सेवा सुविधा नदिने गरेको भन्दै हेलो सरकार, श्रम मन्त्रालय तथा श्रम विभागमा परेसँगै सरकारले कडा एक्सन लिएको छ । सरकारले नेपाल राष्ट्र बैंक, श्रमिक आपूर्तिकर्ता कम्पनी लगायतलाई पत्र पठाउँदै श्रम ऐन अनुसार श्रमिकको अधिकार सुरक्षित गर्न कडा निर्देशन दिएको हो । कतिपय बैंकहरुले आउटसोर्सिङ मार्फत कर्मचारी आपूर्ति गरी ती कर्मचारीलाई कोर बैंकिङमा काम लगाइरहेको र जनताको रकम जोखिममा पारेको समेत जानकारहरुले जनाएको छ ।

बिज्ञापन

बैंक तथा वित्त संस्थामा कार्यरत रहेका ५१ हजार कर्मचारीमध्ये झण्डै ८ हजार कर्मचारीहरु आउटसोर्सिङबाटै काम लगाइरहेको पाइएको छ । यसरी आउट सोर्सिङमा कर्मचारी राख्नेमा सबैभन्दा धेरै सरकारी लगानीको नेपाल बैंक सबैभन्दा अगाडि रहेको छ । सो बैंकमा झण्डै ३३ प्रतिशत कर्मचारी करार तथा आउटसोर्सिङमा राखेको पाइएको छ ।

बिज्ञापन

यस्तै निजी लगानीमा सञ्चालित हिमालयन बैंकमा समेत झण्डै ३३ प्रतिशत कर्मचारी करार सेवामार्फत राखिएका र आउटसोर्सिङमार्फत भर्ना गर्ने गरिएको पाइएको छ । हिमालयन बैंकमा झण्डै २ हजार कर्मचरी रहेको बैंक स्रोतले जनाएको छ । यस अघि हिमालयन बैंकमा १०१८ स्थायी कर्मचारी रहेकोमा सिभिल बैंकसँग मर्ज हुँदा सो बैंकमा ९५६ जना स्थायी कर्मचारी रहेका थिए । सो बैंकमा करार तथा आउटसोर्सिङका गरी २ हजार बढी कर्मचारी बैंकमा रहेको पाइएको छ ।

श्रम विभागले नेपाल राष्ट्र बैंकलाई औपचारिक पत्र लेख्दै बैंक तथा वित्तीय संस्थाहरूमा भइरहेको श्रम ऐनको उल्लंघन रोक्न र अनिवार्य श्रम अडिट गरी मन्त्रालयमा रिपोर्ट बुझाउन निर्देशन दिएको छ। श्रम विभागले राष्ट्र बैंकलाई पठाएको पत्रमा बैंकहरूले सुरक्षा गार्ड, सवारी चालक र कार्यालय सहयोगी मात्र नभई कोर बैंकिङु कार्यमा समेत आउटसोर्सिङका कर्मचारी प्रयोग गरिरहेको र उनीहरूलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक समेत नदिएको उल्लेख छ। यस्तै,एनआईसी एसिया लगायतका बैंकले कोर बैंकिङको लागि आउटसोर्सिङका कर्मचारीहरु प्रयोग गरिरहेको बैंकका कर्मचारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

विपद्को मुखमा जिल्लाहरू सिडिओविहीन: गृह सचिव श्रेष्ठको कार्यक्षमतामाथि प्रश्न

उपराष्ट्रपति,राष्ट्रपति र पूर्व राजाको सम्पत्ति छानबिन नहुने

बैंकमा बदमासी : हिमालयनमा ३३ प्रतिशत कर्मचारी आउटसोर्सिङका

एकै वर्षमै ८५ अर्ब राजश्व छुट,क कस्ले पाए लाभ ?

प्रदेशमा मन्त्रालय कटौतीको तयारी : साउनबाट १२ मन्त्रालय ८ मा झारिदैं

अत्यावश्यकबाहेक नयाँ सामग्री खरिद नगर्न निर्देशन

एक बर्षमै थपियो ८८ अर्ब ९ करोड बेरुजु

परिमार्जनसहित रायपरामर्शका लागि अर्थमा पुग्यो संघीय निजामती सेवा विद्येयक

बिशेष