राष्ट्रिय प्रकृति संरक्षण कोषमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले अनुमगन गर्दै महत्वपूर्ण कागजातहरु नियन्त्रणमा लिएको छ ।
बिज्ञापन
कोषका सरकारी गाडी दुरुपयोग, सरुवा लगायतका बिषयमा भएका अनियमितताका बिषयमा कर्मचारी प्रेसमा समाचार प्रकाशन भएसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको केन्द्रले अनुगमन गर्दै विभिन्न कागजात नियन्त्रणमा लिएको छ ।
प्रधानमन्त्री बालेन शाहले सरकारी सवारी साधन दुरुपयोग नियन्त्रण तथा सरुवा कार्यान्वयनमा कडाइ गरे पनि उक्त कार्यालयका केही कर्मचारीले अटेर गरिरहेको भेटिएको छ । मापदण्ड अनुसार सहसचिव र सो भन्दा माथिल्ला ओहदाका कर्मचारीहरुलाई मात्र चार पाँग्रे सवारी साधन उपलव्ध गराइने भए पनि पहुँचका आधारमा शाखा अधिकृतदेखि उपसचिव तहका कर्मचारीहरुले समेत चार पाँग्रे सवारी साधन प्रयोग गर्दै आएको भेटिएसँगै हालसम्म ६४५ सवारी साधन खोसिसकिएको छ तर कोषमा प्रयोग भइरहेका केही गाडी भने अझै फिर्ता हुन सकेका छैनन् ।
जस अनुसार, त्यहाँका कर्मचारी बिदुर प्रसाद पोखरेलले बा २९ च ५१३० नम्बरको कियाको सोनेट गाडी प्रयोग गर्दै आएका छन् । उनी यसअघि आर्थिक व्यवस्थापकको जिम्मेवारीमा रहेका थिए । चैत महिनामा उनलाई बिजनेस डेभलपमेन्ट शाखामा सरुवा गरिएको भए पनि उनले लेखासम्बन्धी कागजात हालसम्म हस्तान्तरण नगरेको बिषय समाचारमा उल्लेख गरिएको छ । यस्तै,त्यस्तै वरिष्ठ प्रशासनिक अधिकृत दुर्गा हरि भट्टराईले पनि एए २८३२ नम्बरको सरकारी गाडी दुरुपयोग गरिरहेको बिषय समाचारमा उल्लेख छ ।
यस्तै, वरिष्ठ संरक्षण अधिकृत अम्बिकाप्रसाद खतिवडा र वरिष्ठ संरक्षण अधिकृत मधु क्षेत्रीलाई गत पुसमै चितवन जैविक विविधता केन्द्रमा सरुवा गरिएको थियो ।
कोषमा कार्यरत केही कर्मचारीहरूले अनधिकृत रूपमा सरकारी गाडी प्रयोग गरिरहेको,केही कर्मचारीहरुले सरुवा भएको स्थानमा नगई काठमाडौंमै बसिरहेको,उल्टै सरुवाविरुद्ध उनीहरूले अदालतमा रिट दायर गरेका थिए । अदालतले खटाइएको स्थानमा जान निर्देशन दिए पनि उनीहरूले अदालतको निर्देशन समेत अवज्ञा गरेको बिषय समाचारमा उल्लेख गरिएको छ । सोही समाचार पछि प्रधानमन्त्री कार्यालय मातहतको केन्द्रले राष्ट्रिय प्रकृति संरक्षण कोषमा अनुगमन गर्दै महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको हो ।
बिज्ञापन
एनटीएनसीमा अटेर कर्मचारीको हालीमुहाली, कोही सरुवा नटेर्ने त कोही गाडी दुरुपयोगमै मस्त



































