एनटीएनसीमा अटेर कर्मचारीको हालीमुहाली, कोही सरुवा नटेर्ने त कोही गाडी दुरुपयोगमै मस्त

कहिँ नभएको जात्रा राष्ट्रिय प्रकृति स्रोत तथा संरक्षण कोषमा देखिन्छ । त्यहाँ कार्यरत कोही कर्मचारी अनाधिकृत रूपमा गाडी प्रयोग गरिरहेका छन् भने कोही कर्मचारी खटाएको ठाउँमा अहिलेसम्म गएका छैनन्। प्रधानमन्त्री बालेन शाहले यी दुवै विषयमा कडाई गरे पनि त्यहाँका कर्मचारीहरू अटेर गरेको पाइएको छ ।

बिज्ञापन

सरकारले प्रचलित कानुन विपरीत पहुँचका भरमा सरकारी सवारी साधनको सुविधा लिइरहेका कर्मचारी तथा पदाधिकारीहरूबाट हालसम्म ६२२ वटा सरकारी गाडी फिर्ता लिएको छ । तर सोही अड्डामा आदर्श श्रेष्ठ भएको कारणले गर्दा दुरुपयोग भएको गाडी भने सरकारले तान्न सकेको छैन । बिदुर प्रसाद पोखरेल त्यहाँको सबैभन्दा शक्तिशाली कर्मचारी । आर्थिक ब्यबस्थापक हुँदा व्यापक रूपमा चलखेल गरेका उनको बिजनेश डेभलपमेन्टमा चैतमा सरुवा गरिएको छ । उनको ठाउँमा रमेश कुमार सिंहलाई जिम्मेवारी दिएको छ । तर पनि उनले लेखाका डकुमेन्ट हस्तान्तरण गरेका छैनन्।

बिज्ञापन

पोखरेलले शक्तिको आडमा बा २९ च ५१३० कियाको सोनेट गाडी प्रयोग गरिरहेका छन् । प्रधानमन्त्री बालेन शाहले सबै निकायको गाडी खोज्दा त्यहाँको गाडी भने थुत्न सकेका छैनन्। त्यस्तै गाडी दुरुपयोग गर्ने अर्का कर्मचारी हुन् वरिष्ठ प्रशासकिय अधिकृत दुर्गा हरि भट्टराई । उनले पिएए २८३२ नम्बरको गाडी प्रयोग गरिरहेका छन्। नियम अनुसार उनीहरूले गाडी प्रयोग गर्न पाउने छैनन् ।

वरिष्ठ संरक्षण अधिकृत अम्बिकाप्रसाद खतिवडाको पुसमा सरुवा गरिएको थियो चितवन जैविक विविधता केन्द्रमा । त्यस्तै वरिष्ठ संरक्षण अधिकृत मधु क्षेत्रीको पनि चितवन जैविक विविधता केन्द्रमा सरुवा गरिएको थियो। उनीहरूले सरुवाको विषयलाई लिएर रिट समेत हाले। अदालतले खटाएको ठाउँमा जानु भनी निर्देशन गरे पनि उनीहरू त्यही अड्डा जमाएर बसिरहेका छन्। उक्त विषयमा राष्ट्रिय प्रकृति स्रोत तथा संरक्षण कोषका प्रवक्ता रचना शाहलाई सम्पर्क गर्दा उनले उक्त विषय स्वीकारेका छन्। गाडी दुरुपयोग भएको र खटाएको ठाउँमा लगाएको उनले स्वीकार गरेका छन्।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

विपत्तिको बेला काम गर्न नसकेको आरोप, रसुवाका सीडीओ नरेन्द्र परियार दुई महिना नपुग्दै तानिए

उत्कृष्ट प्रहरीको पुरस्कार थापेका तीन पक्राउ,एक दोषी ठहर

सिडियोलाई गृहको परिपत्र: ऋण असुल्ने नाममा गैरकानुनी प्रक्रिया अपनाउनेलाई कानुनी कारबाही गर्नु

भोटेकोशी बाढी : ७१ कर्मचारी ६८ सुरक्षाकर्मी वेपत्ता

विद्युतका ४७ कर्मचारी वेपत्ता

“जलवायु अनुकूलता र स्थानीय शासन: समुदायमै आधारित समाधान”

विपत्तिमा चार वाणिज्य बैंक वेपत्ता

पहिलो ‘पोस्टिङ’मा टिमुरे पुगेका आयुष बिलाए बाढीमा

बिशेष