अर्थ मन्त्रालय र महालेखाका कर्मचारीको खातामा १५ दिनको तलब

सरकारी कर्मचारीहरुलाई महिनामा दुई पटक तलब खुवाउने प्रक्रिया प्रारम्भ भएको छ । १२ दिन अगाडि अर्थात गत वैशाख ४ मा  अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारी कर्मचारीहरूलाई महिनाको दुई पटक तलब दिने निर्णय गरेका थिए । सोही निर्णय अनुसार अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयका कर्मचारीले पहिलो पटक १५ दिनको तलब पाएका छन् । महालेखा नियन्त्रक कार्यालयका अनुसार वैशाख १६ गते अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयका कर्मचारीहरूले १५ १५ दिनमा तलब प्राप्त गरेका हुन । सुरुमा यसलाई पाइलटिङको रूपमा अर्थ र महालेखाबाट सुरु गरिए पनि क्रमशः यसलाई सबै संघीय निजामती कर्मचारीहरूमा विस्तार गर्ने लक्ष्य राखिएको छ।

बिज्ञापन

आज अर्थ मन्त्रालय र महालेखाका कर्मचारीले वैशाखको १५ दिनको तलब पठाइएको महालेखाले जनाएको छ । अन्य कार्यालयका कर्मचारीका लागि पाक्षिक रुपमा तलब दिने प्रणाली लागु गरिएको छ । अन्य निकायको लागि भने पाक्षिक भुक्तानीको लागि परिपत्र जारी गर्ने तयारी गरिएको छ।

बिज्ञापन

अब क्रमिक रुपमा संघीय सरकारका सबै कार्यालयका कर्मचारीले १५–१५ दिनको तलब पाउने महालेखा नियन्त्रक शोभाकान्त पौडेलले जानकारी दिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अर्थका दुई महत्वपूर्ण विभाग निमित्तको भरमा,६ सहसचिवको दरबन्दी रिक्त

डिभी र पिआरधारी चार अधिकृतलाई १५ दिने स्पष्टीकरण

३० शाखा अधिकृतको पदस्थापन : २५ पुगे भन्सार विभाग,५ लाई आन्तरिक राजश्व

अब कर्मचारी सरुवाको आवेदनदेखि निर्णयसम्म अनलाइनबाटै

४ कर्मचारी कारबाहीको दायरामा, मन्त्रालयद्वारा स्पष्टीकरण माग

महानिर्देशकसहित पाँचै जनालाई धरौटीमा रिहा गर्न आदेश

नयाँ सरकार बनेको तीन महिनामै ५ सय ८४ कर्मचारीले दिए राजीनामा

कोशी प्रदेशमा स्तरोन्नत प्रादेशिक कर्मचारी सूचना प्रणाली सञ्चालन, सम्पत्ति विवरणदेखि एसएमएस सूचनासम्मका नयाँ सुविधा थप

बिशेष