ब्राउन सुगरसहित ५ जना पक्राउ

नुवाकोट प्रहरीले लागुऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित पाँच जनालाई पक्राउ गरेको छ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार पक्राउ पर्नेमा रसुवा उत्तरगया गाउँपालिका–४ का २४ वर्षीय सुवास वाइवा, २२ वर्षीय चित्रबहादुर तामाङ, रसुवाकै कालिका गाउँपालिका–३ का २४ वर्षीय सुमन घर्ती मगर, नुवाकोट किस्पाङ गाउँपालिका–१ का २७ वर्षीय तुलसिंह तामाङ तथा नुवाकोट विदुर नगरपालिका–१० का सुमन तामाङ रहेका छन्।

बिज्ञापन

उनीहरूको साथबाट ब्राउन सुगरजस्तो देखिने लागुऔषध ३ ग्राम ६८ मिलिग्राम र डिजिटल तराजु १ थान बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले शंकास्पद गतिविधिका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएर जाँच गर्दा उक्त पदार्थ फेला परेको बताएको छ। पक्राउ परेकामाथि लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

‘स्थायी’ सरकारमा खल्बलियो ‘चेन अफ कमाण्ड’ : राजीनामा दिएर बाहिरिए सचिव शर्मा

एसबीआई बैंकमा श्रमिक उत्पीडन : उजुरी गर्ने कर्मचारीमाथि नै सरुवा, राष्ट्र बैंकको शरणमा कर्मचारी संघ

सहसचिव गजेन्द्रकुमार ठाकुरको ओरालो यात्रा

गुठी संस्थानमा शैलेन्द्रराज कुँवरको पुनरागमन, अधुरा सुधारलाई निरन्तरता दिने अपेक्षा

अध्यादेशबाट पजनी,तिनैलाई धमाधम नियुक्ति

कर परीक्षणको नाममा ५ लाख घुस माग्ने कर अधिकृत पक्राउ, अख्तियारको ‘ट्र्याप’मा परे पाल

सिंहदरबारमा यसरी चल्दैछ समानान्तर शासन

सचिव रोकिए, सल्लाहकार न्यूयोर्क पुगे : मन्त्री सचिवालयको बढ्दो हस्तक्षेपले मन्त्रालयभित्र असन्तुष्टि

बिशेष