कविता : सम्बन्ध

जोसंग भरोसा गर्छु म
ऊ बदलिएको छ
जसलाई दिल दिन्छु म
ऊ पनि खल्बलिएको छ
आश गर्नु र भर पर्नुमा
फरक छ
सम्बन्ध त्रासमा अल्झिएको छ
जमाना बदलिएको छ
सम्बन्ध बदलिएको छ
तरीका बदलिएको छ
समय बदलिएको छ ।
जोसंग भर पर्छु म
ऊ भर गर्न लायक छैन
जोसंग रम्छु म
ऊ गम्न लायक छैन
कसैलाई गन्दैन
कसैलाई सुन्दैन
अनि कसैलाई टेर्दैन
जमाना बदलिएको छ
सम्बन्ध बदलिएको छ
तरीका बदलिएको छ
समय बदलिएको छ ।

बिज्ञापन

टाढाका पनि टाढा छन्
नजिकका पनि टाढा छन्
टाढा हुनेहरु आफै टाढा छन्
टाढाकालाई नजिक ठान्छन्
नजिककलाई टाढा ठान्छन्
नजिकका पनि आफै टाढा छन्
टाढाका पनि टाढै छन्
स्वार्थको सम्बन्धमा छन्
जमाना बदलिएको छ
सम्बन्ध बदलिएको छ
तरीका बदलिएको छ
समय बदलिएको छ ।

बिज्ञापन

सम्बन्धमा सरोकार छ
सम्बन्धमा दरकार छ
सम्बन्धमा अलंकार छ
सम्बन्धमा अहंकार छ
सम्बन्धमा तिरस्कार छ
जमाना बदलिएको छ
सम्बन्ध बदलिएको छ
तरीका बदलिएको छ
समय बदलिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रकाशित भयो एसईईको नतिजा,कसरी हेर्ने ?

वीमा प्राधिकरणको अध्यक्षमा ‘अयोग्य’ पुडासैनीलाई स्टाफ कलेजको जिम्मेवारी

अनिवार्य अवकाशमा गएको तीन सातामै पूर्व सचिव विष्टलाई लाभको पद

भेप आयात र बिक्री गर्न उच्च अदालतको अनुमति

प्रधानमन्त्रीको स्पेन भ्रमण : तीन सचिवसहित सहभागी हुँदैछन् यी कर्मचारी

मन्त्रिपरिषद्को बैठक जारी

एसईईको नतिजा बेलुका सार्वजनिक गर्ने तयारी

बनुवा घुम्ती फेरि जोखिममा : ठेकेदार र कर्मचारीको लापरबाही

बिशेष