कविता : सम्बन्ध

जोसंग भरोसा गर्छु म
ऊ बदलिएको छ
जसलाई दिल दिन्छु म
ऊ पनि खल्बलिएको छ
आश गर्नु र भर पर्नुमा
फरक छ
सम्बन्ध त्रासमा अल्झिएको छ
जमाना बदलिएको छ
सम्बन्ध बदलिएको छ
तरीका बदलिएको छ
समय बदलिएको छ ।
जोसंग भर पर्छु म
ऊ भर गर्न लायक छैन
जोसंग रम्छु म
ऊ गम्न लायक छैन
कसैलाई गन्दैन
कसैलाई सुन्दैन
अनि कसैलाई टेर्दैन
जमाना बदलिएको छ
सम्बन्ध बदलिएको छ
तरीका बदलिएको छ
समय बदलिएको छ ।

बिज्ञापन

टाढाका पनि टाढा छन्
नजिकका पनि टाढा छन्
टाढा हुनेहरु आफै टाढा छन्
टाढाकालाई नजिक ठान्छन्
नजिककलाई टाढा ठान्छन्
नजिकका पनि आफै टाढा छन्
टाढाका पनि टाढै छन्
स्वार्थको सम्बन्धमा छन्
जमाना बदलिएको छ
सम्बन्ध बदलिएको छ
तरीका बदलिएको छ
समय बदलिएको छ ।

बिज्ञापन

सम्बन्धमा सरोकार छ
सम्बन्धमा दरकार छ
सम्बन्धमा अलंकार छ
सम्बन्धमा अहंकार छ
सम्बन्धमा तिरस्कार छ
जमाना बदलिएको छ
सम्बन्ध बदलिएको छ
तरीका बदलिएको छ
समय बदलिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

संसद्को बजेट अधिवेशन अन्त्यको तयारी,के हुन्छ संघीय निजामती सेवा विधेयक ?

सिँचाईको सीडीईहरुको सरुवाको गृहकार्य

थप दुई सहसचिवले दिए राजीनामा

सहायक चौथौंदेखि नवौं तहसम्मका ८० कर्मचारीको अन्तर स्थानीय तह सरुवा

मन्त्री नै कानुन आयोगको अध्यक्ष हुने गरी ऐन संशोधन,आज पेश हुँदैछ विधेयक

सशस्त्रमा खुल्यो ६६६ जनाका लागि भर्ना

सिंहदरबारभित्रैका उच्च सरकारी अधिकृत हनिट्यापमा,महिला कारागारमा

प्रदेशका कर्मचारीको तलबमान अब संघ सरह,करारका प्रोत्साहन भत्ताका लागि कार्यदल

बिशेष