माघको तेस्रो साताबाट संसदको हिउँदे अधिवेशन

संघीय संसद्को हिउँदे अधिवेशन माघको तेस्रो साता बोलाउने सरकारले तयारी गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आज सो कुरा बताउनुभएको हो ।

बिज्ञापन

राष्ट्रिय चलचित्र नयाँ नीति २०७१ चलचित्र निर्माण प्रदर्शन तथा वितरण ऐन २०२६ लाई प्रतिस्थापन गर्न बनेको विधेयकको मस्यौदाबारे आज ललितपुरमा भएको छलफलमा मन्त्री शर्माले भन्नुभयो, ‘आउने अधिवेशन माघको १८ वा २० तिरबाट शुरु हुन्छ । संसद अधिवेशनमा पेस गर्ने गरेर हामीले यो चलचित्र सम्बन्धी ऐनलाई तयारी गरेर पठाउने तयारीमा छौँ । यसबाट नेपालको चलचित्र क्षेत्रमा हामीले बनाउने कानूनले महत्वपूर्ण अर्थ राख्नेछ ।’

बिज्ञापन

नेपाली चलचित्रले विदेशी चलचित्रसँग प्रतिष्पर्धा गर्नुपर्ने अवस्था भएकाले गुणस्तरीयतामा ध्यान दिन आवश्यक रहेको पनि उहाँले बताउनुभयो । मन्त्री शर्माले राज्यले पनि स्वदेशी चलचित्रको प्रवद्र्धनमा बढी ध्यान दिन आवश्यक रहेकोमा जोड दिनुभएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सदाचारको कसीमा सुशासन

निजामती कर्मचारीको मात्र किन काटिँदैछ दरबन्दी ?

लेखा सर बजेट हेर्नुहोस्, कागजपत्र हैन

५१ नायब सुब्बाको सरुवा

नापी सर्भेक्षकको ३ करोड ७१ लाख अकुत सम्पत्ति

मोहम्मद जयन्तीमा मुस्लिम धर्मावलम्बीलाई मात्रै बिदा

परराष्ट्रको दरबन्दी घटाउने सरकारको तयारीमा मन्त्रालयकै ‘अडान’, ओएन्डएम अलपत्र

‘२४ घण्टामै उपकरण, पहिरो पन्छाएर सडक सञ्चालन’ : चरिकोट डिभिजनको एक वर्षे यात्रा

बिशेष