माघको तेस्रो साताबाट संसदको हिउँदे अधिवेशन

संघीय संसद्को हिउँदे अधिवेशन माघको तेस्रो साता बोलाउने सरकारले तयारी गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आज सो कुरा बताउनुभएको हो ।

बिज्ञापन

राष्ट्रिय चलचित्र नयाँ नीति २०७१ चलचित्र निर्माण प्रदर्शन तथा वितरण ऐन २०२६ लाई प्रतिस्थापन गर्न बनेको विधेयकको मस्यौदाबारे आज ललितपुरमा भएको छलफलमा मन्त्री शर्माले भन्नुभयो, ‘आउने अधिवेशन माघको १८ वा २० तिरबाट शुरु हुन्छ । संसद अधिवेशनमा पेस गर्ने गरेर हामीले यो चलचित्र सम्बन्धी ऐनलाई तयारी गरेर पठाउने तयारीमा छौँ । यसबाट नेपालको चलचित्र क्षेत्रमा हामीले बनाउने कानूनले महत्वपूर्ण अर्थ राख्नेछ ।’

बिज्ञापन

नेपाली चलचित्रले विदेशी चलचित्रसँग प्रतिष्पर्धा गर्नुपर्ने अवस्था भएकाले गुणस्तरीयतामा ध्यान दिन आवश्यक रहेको पनि उहाँले बताउनुभयो । मन्त्री शर्माले राज्यले पनि स्वदेशी चलचित्रको प्रवद्र्धनमा बढी ध्यान दिन आवश्यक रहेकोमा जोड दिनुभएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

१४ उपसचिवहरूको सरुवा

उद्घाटन पर्खिरहेको एउटा परियोजना

विमानस्थलमा माला,खादा र विशेष पहिरनमा प्रतिवन्ध

एकै दिन सरकारी खाताबाट २२ अर्ब भुक्तानी

राष्ट्रिय निजामती कर्मचारी संगठनका केन्द्रीय सचिवसँग ६ करोड अवैध सम्पत्ति

तलबि प्रतिबेदनको ढाँचामा परिमार्जन : चाडपर्वको नाम र संभावित महिना अनिवार्य खुलाउनु पर्ने

जलवायु वित्त र दिगो विकास

सम्पर्कमा आए प्रमुख प्रशासकीय अधिकृतसहित सात कर्मचारी

बिशेष