ओली लेखकलाई ज्यान मुद्धा : यी हुन जाँचबुझ आयोगले डामेका प्रशासक,नेपाली सेना र प्रहरी अधिकारी

गत भदौं २३ र २४ गते भएको जेनजी विद्रोहपछि गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको छ । सो प्रतिवेदनमा प्रधानमन्त्री केपी शर्मा ओली,गृहमन्त्री रमेश लेखक र गृह सचिव गोकर्णमणि दुवाडी लगायतलाई कारवाहीको सिफारिस गरेको छ । आयोगले तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीदेखि सुरक्षा निकायका उच्च अधिकारीहरूलाई दोषी ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको छ। यस्तै आयोगले ओली र लेखकसहित तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङलाई घटनाको मुख्य जिम्मेवार मान्दै मुलुकी अपराध संहिता बमोजिम ‘लापरबाहीपूर्ण कार्य’ मा कारबाही गर्न सिफारिस गरेको छ ।

बिज्ञापन

सो प्रतिवेदनमा तत्कालीन गृह सचिव श्री गोकर्णमणि दुवाडी ।
२ सशस्त्र बल नेपालका महानिरीक्षक श्री राजु अर्याल ।
३ तत्कालीन प्रमुख हुतराज थापा, राष्ट्रिय अनुसन्धान विभाग।
४ तत्कालीन प्रजिअ श्री छविलाल रिजाल, जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई कारवाहीको सिफारिस गरिएको छ ।

बिज्ञापन

नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागतर्फ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका केही पदाधिकारीहरुलाई कारवाही सिफारिस गरिएको छ ।
प्रतिवेदनमा प्र अ म नि श्री सिद्धिविक्रम शाह, नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभाग, अपरेशन प्रमुख, नक्साल काठमाडौं।
२ प्रहरी नायब महानिरीक्षक श्री ओमबहादुर राना, तत्कालीन कार्यवाहक प्रमुख काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी, काठमाडौँ।
३ तत्कालीन काठमाडौ जिल्ला प्रहरी परिसर, कार्यालय प्रमुख हाल प्र ना म नि श्री विश्व अधिकारी हाल प्रतिनिधि सभा सदस्य हुन उनी ।
४ काठमाडौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा तत्कालीन कार्यरत प्रहरी बरिष्ठ उपरीक्षक श्री दीप शम्शेर जवरा
५ प्रहरी उपरीक्षक श्री ऋषिराम कँडेल, नेपाल प्रहरी विशेष कार्यदल संसदलाई कारवाही सिफारिस गरिएको छ ।

यस्तै सशस्त्र प्रहरी बल नेपालका माथिल्ला अधिकारीहरुलाई कारवाहीको सिफारिस गरिएको छ । जसमा

बिज्ञापन

१ सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोक काठमाडौंका तत्कालीन अपरेशन
कमाण्डर स प्रअ म नि श्री नारायणदत्त पौडेल।
२ स प्र ना म नि श्री सुरेश कुमार श्रेष्ठ सशस्त्र बाहिनीपति। काठमाडौ
३ सशस्त्र प्रहरीका एसपी, श्री जीवन केसी विपद उध्दार, सिनामङ्गल

उता नेपाली सेनाका कमाण्डरहरुलाई कारवाहीको सिफारिस गरिएको छ । जसमा
१ राष्ट्रपति भवन शीतल निवासमा सुरक्षाका लागि नेपाली सेनाको तर्फवाट खटिएको सुरक्षा टोलीको प्रमुख सहायक रथी श्री मनोज बैदवार ।
२ प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षाको लागि नेपाली सेनाको तर्फबाट खटिएको सुरक्षा टोलीको प्रमुख, प्रमुख सेनानी श्री दिवाकर खड़का।
३ सिंहदरबार सचिवालयमा सुरक्षाको लागि नेपाली सेनाको तर्फवाट खटिएको सुरक्षा टोलीको प्रमुख, प्रमुख सेनानी श्री गणेश खड्‌का। जिल्ला सुरक्षा समितिको सदस्य समेत रहेका ।
४ संसदभवन, अन्तरराष्ट्रिय सम्मेलन केन्द्र भवन परिसर बानेश्वरमा सुरक्षाको लागि नेपाली सेनाको तर्फबाट खटिएको सुरक्षा टोलीको प्रमुख, सेनानी श्री सन्तोष ढुङ्गेल ।

कारबाही सिफारिस राष्ट्रिय अनुसन्धान विभाग
कृष्णप्रसाद खनाल : सह–निर्देशक, उपत्यका अभियान महाशाखा।
रिबेन कुमार गच्छदार : सह–अनुसन्धान निर्देशक, काठमाडौँ जिल्ला प्रमुख।

अन्य समूह कारबाही सिफारिस
टीओबी ग्रुप भीडलाई उक्साउने र शान्ति भङ्ग गर्ने कार्यमा संलग्न भनिएका मोटरसाइकलमा आएका व्यक्तिहरू (फौजदारी संहिताको दफा ३५ अनुसार छानबिन गर्न सिफारिस)।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

४६ कर्मचारीलाई बरण्डामा राखेर १ करोड ८५ लाख भुक्तानी

निजामतीमा विकृती :स्वीकृत दरबन्दीभन्दा ४ हजार १६ बढी कर्मचारी पदपूर्ति

१२ दिनपछि प्रधानन्याधीश इजलाशमा,सपना बिदामा,कुमारको खोसियो बरिष्ठतम्

‘चयनमुखी’ सरुवाले कर्मचारीमा बैचनी,निमित्तको अन्त्य र सिंहदरबारका ‘रैथाने’ हटाउने अभियान ठप्प

सहसचिवको उमेद्धार योग्यताक्रमबाटै आउट

रोलक्रम भङ्ग गर्दै पोखरेल एआइजी सिफारिस, सशस्त्र प्रहरीभित्र चर्कियो असन्तुष्टि

बोहरा सहसचिवमा सिफारिस हुँदा बैकल्पिकमा परेका रिमालको भाग्य चम्कियो

सहसचिवको अन्तिम नतिजा सार्वजनिक,स्थायी नियुक्तिका लागि सिफारिस

बिशेष