निजामतीमा कति छन नक्कली प्रमाणपत्रधारी ? बर्ष दिनमै थपियो ५४२ उजुरी

निजामतीभित्र एक पछि अर्का नक्कली प्रमाणपत्रधारीहरु फन्दामा पर्न थालेका छन् । त्यस्तै मध्येका एक शिवनारायण मण्डल अदालतबाट दोषी ठहर भएका छन् ।

बिज्ञापन

अख्तियारले धेरैले भारतको बिहार र उत्तरप्रदेशका शैक्षिक संस्थाको नामका नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको सरकारी सेवामा प्रवेश गरेको वा बढुवाका लागि त्यताको प्रमाणपत्र पेश गरेको भन्दै मुद्धा समेत चलाउँदै आएको र धेरै मुद्धामा सफलता समेत हात पारेको छ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको अभियोगमा शिवनारायण मण्डल दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले मण्डललाई भ्रष्टाचारी ठहर गर्दै ५ हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बराहक्षेत्र नगरपालिका, चक्रघट्टी, सुनसरीका तत्कालीन सबइन्जिनीयर शिवनारायण मण्डलको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको दाबीसहित केही महिना अघि विशेषमा मुद्धा दायर गरेको थियो । मण्डलले भारतको बिहार विद्यालय परीक्षा समिति, पटनाबाट माध्यमिक तहको परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण गरेको तथा मडैया बलुवा उच्च विद्यालयको विद्यालय परित्याग समेतको नक्कली झूटा शैक्षिक योग्यताका प्रमाणपत्रहरू पेश गरी जिल्ला विकास समितिको कार्यालय, सुनसरीमा २०५३ साउन १ देखि लागू हुनेगरी सहायक सबओभरसियर पदमा स्थायी नियुक्ति लिएर मिति २०६७ माघ सात देखि सहायक इन्जिनीयर पदमा बढुवा भएको बताए ।

बिज्ञापन

यसैगरी, मण्डलले तलबभत्तासहितको ओहोदा, लाभ तथा सरकारी सेवा सुविधा प्राप्त गरेको देखिएकोबाट प्रतिवादी मण्डलको उक्त कार्य साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसूर गरेको हुँदा कैद र जरिवाना सजाय हुन मागदाबीसहित आज विशेष अदालतमा मुद्धा दायर गरेकोमा मुद्धा दर्ता भएको तीन महिना पछि विशेष अदालतले भ्रष्टाचारी ठहर गर्दै ५ हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो ।

एउटा तथ्यांक अनुसार पछिल्लो पाँच बर्षमा ३ हजार ५३९ जनाविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा जागिर खाएको भेटिएको छ । अख्तियारले ती मुद्धामध्ये एक चौधाई मुद्धा विशेषमा लान सकेको छैन । अघिल्लो आर्थिक बर्षमा मात्र जम्मा २७ जना सरकारी कर्मचारीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको भन्दै विशेष अदालतमा मुद्दा दर्ता भएको छ । अख्तियारमा नक्कली प्रमाणपत्रवाला उजुरीको चाङ्ग छ । जस्तो ०७५/०७६ मा नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी ५१४ उजुरी परेका थिए । अर्को बर्ष ४१६ उजुरी थपिएको थियो । यस्तै आर्थिक बर्ष ७७/०७८ मा ३१६ वटा उजुरी थपिएकामा ०७८/०७९ मा ९८२ वटा नक्कली प्रमाणपत्रसम्बन्धी उजुरी पर्दा ०७९/ ०८० मा ७८८ वटा उजुरी त्यहाँ परेका छन् । ८०/८१ मा ५४२ वटा उजुरी थपिएका थिए ।

अख्तियारका अधिकारीहरु नक्कली शैक्षिक प्रमाणपत्र जटिल समस्या बन्दै गएको बताउँछन् । आयोगले उजुरी परेपछि सम्बन्धित व्यक्तिको सर्टिफिकेट सक्कली वा नक्कली पत्ता लगाउन प्रमाणीकरण गर्ने गरेको छ । छानबिनमा विश्वविद्यालयको प्रमाणपत्र भए सम्बन्धित विश्वविद्यालय, प्लस टु वा एसईईको भए राष्ट्रिय परीक्षा बोर्ड र प्राविधिक शिक्षाको भए सिटिइभिटीको टिमसहित आयोगका प्रतिनिधि संलग्न हुन्छन् । त्यस्तै, विदेशी शैक्षिक प्रमाणपत्रको हकमा सम्बन्धित मुलुक नै गएर प्रमाणीकरण गरिन्छ । यसरी प्रमाणीकरणका क्रममा कतिपयले सम्बन्धित विश्वविद्यालयका अधिकारीलाई प्रभाव वा दबाबमा पारेर सक्कली हो भनी पत्रसमेत बनाउने गरेको अख्तियारका अधिकारीहरू बताउँछन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामतीमा कति छन नक्कली प्रमाणपत्रधारी ? बर्ष दिनमै थपियो ५४२ उजुरी

१९ वर्षको प्रतीक्षा : नायव सुब्बाको वृत्तिविकासमा अवरोध र सुधारको अपरिहार्यता

उल्टो बयान दिएपछि सरकारी साक्षीविरुद्ध चल्यो भ्रष्टाचार मुद्धा

मन्त्री इङ्नामको अनुभव : भूमिभन्दा सहरीका कर्मचारी भ्रष्ट

महानिर्देशक पोखरेलको पहल: राष्ट्रिय कितावखानाको ई–पेन्सन प्रणालीले ल्यायो प्रशासनिक क्रान्ति

निर्वाचनमा ५ अर्ब ३७ करोड खर्च,प्रति मतदाता औसत २८४ रुपैंया

चैत्र १२ मा नवनिर्वाचित सांसदहरूको शपथ लिने,प्रधानमन्त्रीको शपथ भोलिपल्ट

मन्त्री खनालले आजदेखि मन्त्रिस्तरीय निर्णय नगर्ने : ६ महिनामा कहाँ थपियो,कता- कता काटियो दरबन्दी ?

बिशेष