पूर्व एआइजीको संघीय संसद यात्रा : ५ मतको अन्तरमा विजयी

ओखलढुङ्गाको प्रतिनिधिसभा सदस्यमा रास्वपाका उम्मेदवार विश्वराज पोखरेल निर्वाचित भएका छन् । नेपाल प्रहरीका पूर्वएआईजी विश्वराज पोखरेल झिनो मतान्तरले संघीय संसदमा निर्वाचित भएका हुन । नेपाल प्रहरीबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजनीतिमा होमिएका पोखरेलले नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पारेका हुन् ।

बिज्ञापन

निर्वाचन आयोगका अनुसार रास्वपाका नेपाल प्रहरीका पूर्व एआइजी पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले १३ हजार ९४८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु गुरुङले ११ हजार २९६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी अस्मिता थापाले १० हजार ७२० मत ल्याएकी छिन् ।

बिज्ञापन

०४९ चैतमा प्रहरी निरीक्षक (इन्सपेक्टर) बाट नेपाल प्रहरीमा प्रवेश गरेका हुन पोखरेल । २०४९ चैत १२ मा प्रहरी निरीक्षकका रुपमा सेवा प्रवेश गर्दा उनी १६ नम्बरमा थिए । त्यतिबेला धिरजप्रताप सिंह एक नम्बरका इन्स्पेक्टर थिए । २०६२ चैतमा प्रहरी नायव उपरीक्षक, २०६९ माघमा प्रहरी उपरीक्षक, २०७४ मा प्रहरी वरिष्ठ उपरीक्षकमा प्रदोन्नति भएका पोखरेल २०७६ वैशाखमा डीआईजी हुँदै एआइजीमा उक्लिएका थिए ।

१६ महिना सिनियर पोखरेललाई पछि पार्दै शेरबहादुर देउवा नेतृत्वको सरकारले धिरज प्रताप सिंहलाई आईजीपी बनाएपछि असन्तुष्ट बनेका पोखरेलले राजीनामा दिएर रास्वपा प्रवेश गरेका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रधानमन्त्रीलाई एउटा म्यासेज, कर्मचारीतन्त्रमा ठूलो प्रश्न

नेपालको विकास प्रवृत्तिमा असारे मानसिकता र यसको संरचनागत कारणहरू

पूर्वसचिव संगीता मिश्रलाई भ्रष्टाचार मुद्दामा सफाइ, ६ जनालाई चार महिना कैद

ड्युटीकै क्रममा अनिशा धामी मृत फेला, परिवारले भन्यो– ‘सत्य बाहिर ल्याउनुपर्छ’

राजीनामाको मुडमा शिक्षाका दर्जन उपसचिव

प्रदेशका १५ प्रतिशत कर्मचारी कटौती

बागमती प्रदेशको बजेट : अति विपन्नलाई घर,पत्रकारका लागि एक करोड बजेट

जिल्लास्तर र अन्तर स्थानीय तह शिक्षक सरुवामा रोक

बिशेष