सरकारी कारोबारमा हुने ‘एकाउन्ट पेयी’ चेकको प्रयोगमा नयाँ व्यवस्था

नेपाल राष्ट्र बैंकले सरकारी कारोबारमा हुने एकाउन्ट पेयी (एसी) चेकको भुक्तानी प्रक्रियामा नयाँ प्रावधान लागू गरेको छ । राष्ट्र बैंकको बैंकिङ विभागले बिहिबार महालेखा नियन्त्रक कार्यालयसहित सबै सरकारी निकाय र बैंक तथा वित्तीय संस्थाहरूलाई परिपत्र गर्दै नयाँ निर्देशन जारी गरेको हो ।

बिज्ञापन

केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१) को परिच्छेद ५ को ५.१६.१ अनुसार चेकबाट रकम भुक्तानीसम्बन्धी प्रावधान कार्यान्वयन गर्न थप निर्देशन जारी गरेको हो । नयाँ व्यवस्था अनुसार,राष्ट्र बैंकले अबदेखि जुनसुकै सरकारी कार्यालय वा संस्थाको नाममा खिचिएको ‘एकाउन्ट पेयी’ चेक सोही संस्थाको खातामा मात्र जम्मा गर्नुपर्ने स्पष्ट पारेको छ ।

बिज्ञापन

प्रावधानअनुसार नेपाल राष्ट्र बैंक वा वाणिज्य बैंकहरूले खिच्ने चेकको अग्रभागको माथिल्लो खाली स्थानमा अनिवार्य रूपमा चेक राइटर, चेक जाँच, चेक प्रोटेक्टर वा रिबन राइटर प्रयोग गर्नुपर्नेछ। यसअघि एउटा कार्यालयको नाममा काटिएको चेकमा सम्बन्धित कार्यालयले ‘इन्डोर्स’ (छाप र दस्तखत गरी अर्कोलाई हस्तान्तरण) गरेर महालेखा नियन्त्रक वा अन्य कोषको खातामा जम्मा गर्ने अभ्यास थियो । तर, राष्ट्र बैंकको नयाँ निर्देशनले यसलाई पूर्णतः रोक लगाएको छ ।

यस्तै,क्लियरिङमार्फत प्राप्त चेकको रकम चेकमा उल्लेखित व्यक्तिको नामकै खातामा जम्मा गर्नुपर्ने प्रावधान पनि समावेश गरिएको छ। राष्ट्र बैंकको परिपत्रमा नियम पालना नगर्ने चेकहरू संकलन वा भुक्तानी नगर्न सबै वाणिज्य बैंक तथा वित्तीय संस्थाहरूलाई सचेत गराइएको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

४७ उपसचिवको सरुवा : २३ लाई पठाइयो नगरपालिका, स्थानीय तहबाट १८ आए संघीय मन्त्रालय

वीवाइडीले कर छलेको पृष्टि : रसुवा भन्सारमा १९ करोड २७ लाख दाखिला

छोरीलाई बाँच्न देऊ

प्रशासनका २३,इन्जिनियरिङतर्फका २,कृषि १ सहित २७ सहसचिवको सरुवा

निजामती सेवा : सुशासनको मेरुदण्ड,जनभरोसाको आधार

नागार्जुनमा भत्ताको ब्रह्मलुट : दुई कर्मचारीले चार वर्षमै बुझे करोडौं

काभ्रेलाई नसर्ने रोग नियन्त्रणको राष्ट्रिय सिकाइ केन्द्र बनाउने १३ पालिकाको प्रतिबद्धता

तीन महिनाको काज, आठ वर्ष देखि निर्देशक श्रेष्ठको जेपी कोइरालामा ‘राज’

बिशेष