चुनावको मुखैमा जागिर छाड्नेको लर्काे

प्रहरी प्रधान कार्यालयले १२ जना प्रहरीलाई साता दिनभित्र प्रधान कार्यालयको सम्पर्कमा आउन आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै सम्पर्कमा नरहेका बसन्त कुमार मोक्तान,गोविन्द सिंह धामी,छविलाल बूढा,सर्वण कुमार सुनुवार,आनन्द कुमार खवास,चन्द्रकला पौडेल,प्रविन ताम्ली,निमेष ठाकुर,रुपेश दर्जी,अस्मिता दाहाल,रमेश प्रसाद सञ्ज्याल र छटु महरा चमारसहितका १२ प्रहरी लामो समयदेखि गैरहाजिर रहेका जनाएको छ। उनीहरूलाई सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले सात दिनको समय दिएको हो।

बिज्ञापन

यसरी गैरहाजिरीमा रहेकामा दुईजना प्रहरी हबलदारसहित १२ जना रहेका छन् । जसमा दुईजना हबलदार, नौजना प्रहरी जबान र एकजना कार्यालय सहयोगी छन्। प्रहरीलाई एक साताभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ।

बिज्ञापन

जेनजी पुस्ताको आन्दोलनमा प्रमुख निशानामा परेसँगै चुनावको मुखमा एकातिर जागिर छोड्नेको लर्काे लागेको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार चालु आर्थिक वर्ष २०८२–०८३ को पछिल्लो ६ महिनामा झण्डै एक हजार प्रहरीले जागिर छाडेका छन् । गत साउनदेखि पुस २४ गतेसम्म ९२६ जनाले राजीनामा दिएको तथ्यांक छ । गत भदौ २३ र २४ गतेको आन्दोलनपश्चात् राजीनामा दिने प्रहरी बढेका हुन् । साउनदेखि भदौ २४ गतेसम्म आठ जना मात्र जागिर छोडेकोमा जेनजी आन्दोलनपछि ह्वात्तै बढेको हो । आन्दोलनको पछिल्लो चार महिनामै नौ सय प्रहरीले जागिर छोडेका छन् । भदौ २४ गतेदेखि गत पुस २४ गतेसम्म नौ सय १८ जनाले राजीनामा दिएको देखिन्छ ।नेपाल प्रहरीका अनुसार पछिल्लो पाँच वर्षमा पाँच हजार बढीले जागिर छोडेका छन् ।

आर्थिक वर्ष २०७७–०७८ देखि २०८१–०८२ सम्म चार हजार ९९९ जनाले राजीनामा दिएको प्रहरी हेडक्वार्टरले जनाएको छ । तथ्यांकअनुसार गत वर्ष सबैभन्दा धेरैले जागिर छोडेका थिए । गएको वर्ष दुई हजार ३७३ जनाले राजीनामा दिए । त्यसपछि आव २०८०–०८१ मा सात सय ९१, २०७९–०८० मा ६ सय ३३, २०७८–०७९ मा चार सय ९९ र २०७७–०७८ मा सात सय तीनले जागिर छोडेको तथ्यांक छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

धनकुटाको नमुना मतदान केन्द्र : सबै कर्मचारी महिला

ज्वाई उमेद्धार,ससुरा मतदान अधिकृत

विवादित सिडीई उल्टै पृरस्कृत : सीमित ठेकेदारलाई पोस्दै ७ प्रतिशतसम्म कमिसन लिने गरेको गम्भीर आरोप

चुनावको मुखैमा जागिर छाड्नेको लर्काे

मन्त्रीकै लहडले ठेक्का तोडिन्छ : रवि सिंह

संकटको समयमा सडकका सारथि

फेरिदैं छ काठमाडौं सडकको रुपरङ्ग

आगामी आर्थिक बर्षका लागि १९ अर्बको बजेट सिलिङ

बिशेष