राष्ट्रिय सभामा जेनजी मन्त्रीको जवाफ ‘मलाई थाहा छैन,सहसचिवलाई सोधेर आउँछु’

राष्ट्रिय सभाबाट चलचित्र विधेयक पारित भएको छ ।

बिज्ञापन

बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा यो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्री सुशीला कार्कीको तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमी श्रद्धा श्रेष्ठ प्रस्तुत गरेकी थिइन् । जसलाई सभाले सर्वसम्मतिमा पारित गरेको हो । यो विधेयक तत्कालीन माननीय सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले ल्याएका थिए ।

बिज्ञापन

२०८२ साल वैशाख १४ गते राष्ट्रिय सभामा दर्ता भएको यो विधेयकमाथि २०८२ साल जेठ ६ गते सभामा प्रस्तुत भएको थियो । २०८२ साल असार ९ गते सभामा सामान्य छलफल भयो । त्यसपछि दफावार छलफलका लागि २०८२ साल साउन १४ गते विधायन व्यवस्थापन समितिमा पठाइएको थियो । विधायन समितिले पारित गरेर सभामा पेस गरेसँगै विधेयक सभाबाट पारित भएको हो ।

विधेयक पारित हुँदै गर्दा भने सभामा रोचक दृश्य देखिएको छ । बैठकमा प्रधानमन्त्री समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीको तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले ‘चलचित्र विधेयक पारित गरियोस्’ भन्ने प्रस्ताव पेश गरेकी थिइन् ।

बिज्ञापन

त्यसपछि केही समय छलफलको सत्र चलेकोमा सभाका सदस्यहरुले प्रश्न सोधेका थिए । सो क्रममा सांसद तारामान स्वारले एउटा प्रश्न टिपाएका थिए । यद्यपि, उनको प्रश्न मन्त्री श्रेष्ठले पुरा सुनाइनन्, अन्कनाउँदै भनिन्, ‘नियमितभन्दा नियन्त्रणमा चलचित्र बनाइएको ’

त्यसपछि उनले सो प्रश्नको जवाफ आफूलाई थाहा नभएको भन्दै सहसचिवसँग सोध्ने अनुमति मागिन् । ‘के भन्न चाहन्छु भने म सम्बन्धित मन्त्रालयको नभएकोले हाम्रो सहसचिवज्यूले यो टिप्पणीमा जति प्रश्न लेखिदिनुभएको थियो, त्यति मात्र थाहा छ’, सभाध्यक्ष नारायणप्रसाद दाहालतिर हेर्दै उनले भनिन्, ‘एक चोटी सोधेर आउँ ? मलाई पाँच मिनेट दिनुस् न है !’

मन्त्री श्रेष्ठले कतिपय शब्द उच्चारण गर्न नसक्दा समेत सभाको माहोल रमाइलो बनेको थियो । उनलाई ‘यर्थाथपरक’ भन्न हम्मेहम्मे भयो । त्यस्तै उनले ‘आदरणीय सभा’ भनेपछि बैठक हलमा हाँसो गुञ्जिएको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ओली पक्राउविरुद्ध रसुवामा एमाले कार्यकर्ताको प्रदर्शन

आयल निगमको कार्यकारी निर्देशक भट्टले बिदाको दिन चलाएको सरकारी कार डिभाइडरमा लगेर ठोके

सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन ‘सरकारको स्पिरिटअनुसार काम गर्नुहोस,नसके राजीनामा दिनुहोस’

प्रधानमन्त्रीको निजी सचिवमा सहसचिव परियार,यस्तो बन्यो सचिवालय टिम

गृहमन्त्री गुरुङको सक्रियता : एकाबिहानै पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्री पक्राउ

पूर्वप्रधानमन्त्री ओली पक्राउ : जेनजी प्रदर्शनमा गोलीकाण्डबारे फौजदारी अनुसन्धान सुरु

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

नयाँ-सार्वजनिक शासन: जटिलताबाट सम्भावनामा रुपान्तरण 

बिशेष