करार सेवाका ३१ कर्मचारीहरुको अवैद्यानिक बढुवा (नामावलीसहित)

राष्ट्रिय प्रकृति संरक्षण कोषले अवैधानिक रुपमा करारका कर्मचारीहरुको तह वृद्धि (बढुवा) गरेको छ । स्थायी पदपूर्ति हुनुपर्ने पद खाली रहेका पदमा काम गर्न पठाउन सकिने गरी करारका कर्मचारीलाई एक तह बढाएर नियुक्ति दिइएको हो । यस्का लागि कोषको सञ्चालक समितिको बैठकले आफूखुसी मापदण्ड बनाइर कर्मचारीको करार नवीकरण गर्दा एक तह बढुवा गरिदिएको हो ।

बिज्ञापन

सरकारले भर्ना गर्ने करारका कर्मचारीहरु बढुवा हुने प्रावधान नै नभए पनि कोषले करारका कर्मचारीलाई एक तह बढुवा गर्ने निर्णय गरेको हो ।

बिज्ञापन

कोषले संविधान र कानूनको धज्जी उडाउँदै कोषले गत साउन १ देखि लागू हुने गरी करारका ३१ कर्मचारीलाई नवीकरण सहित एक तह बढुवा गरेको पाइएको छ । कोष सञ्चालक समितिले प्रतिस्पर्धालाई निषेध गर्दै एकसाथ ३१ कर्मचारीलाई घुमाउरो बाटोबाट उपल्लो पदमा उकालेको हो।

कोषका अनुसार कम्तीमा ८ वर्ष वा सोभन्दा बढी अवधि एउटै पदमा काम गरेका र पछिल्लो चार वर्षको कार्यसम्पादन मूल्यांकन ६० प्रतिशतभन्दा बढी भएको र शैक्षिक योग्यता पुगेको हुनुपर्ने जस्ता मापदण्ड तय गरेको हो। शैक्षिक योग्यता पुगेको अवस्थामा एक तह वृद्धि गर्ने सञ्चालक समितिको निर्णयअनुसार ३१ कर्मचारीहरु साउन १ गतेदेखि एक तह बढुवा भएका हुन । कोषमा अहिले १५० भन्दा बढी करारका कर्मचारी रहेकामा प्राप्त विवरण अनुसार,नौ जना अधिकृतबाट वरिष्ठ अधिकृत बनेका छन् । तीन जना सहायक तृतीयबाट बढुवा भएर अधिकृत बनेका छन् । तीन जना सहायक द्वितीयबाट सहायक तृतीयमा बढुवा भएका छन् । दुई जना सहायक प्रथमबाट सहायक द्वितीयमा बढुवा भएका छन् । चार जना सहयोगी तृतीयबाट सहायक प्रथममा बढुवा भएका छन् । तीन जना सहयोगी द्वितीयबाट सहयोगी तृतीयमा र सात जना सहयोगी प्रथमबाट सहयोगी द्वितीयमा बढुवा भएका छन् ।

बिज्ञापन

जबकी कोषको आर्थिक प्रशासन र कर्मचारी विनियम, २०५३ ले करारका कर्मचारी बढुवा गर्ने व्यवस्था नै गरेको छैन । विनियमावलीमा स्थायी कर्मचारीको मात्रै बढुवा प्रक्रियाबाट पदपूर्ति हुने व्यवस्था छ ।
अझैं रोचक त,कोषकै विनियममा पनि सबैखाले कर्मचारी भर्ना, बढुवा गर्दा पदपूर्ति समितिले सिफारिश गर्नुपर्ने व्यवस्था गरेको छ । अधिकृत स्तरका कर्मचारीको नयाँ भर्ना वा बढुवाद्वारा पदपूर्ति गर्न सदस्यसचिव र त्यसभन्दा तलका कर्मचारीको हकमा प्रशासन शाखाका निर्देशकको अध्यक्षतामा रहने समितिले सिफारिश गर्नुपर्ने व्यवस्था भए पनि ती व्यवस्थाकै धज्जी उडाउँदै करारका कर्मचारीहरुलाई एक तह स्तरवृद्धि गरिएको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

छाया निर्देशक बनेर वीर अस्पताल चलाएको आरोप, डा. दीपक मिश्रविरुद्ध अख्तियारमा उजुरी

दुई बिरामीको मृत्यु र उपचार विवादमा मुछिएका डा. जितेन्द्र सिभिल अस्पतालको कार्यकारी बन्न दौडमा

सरकारी कर्मचारीको तलब आजदेखि बढ्यो : अब न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा माथि

यी हुन यही आर्थिक बर्षमा अनिवार्य अवकाशमा जाने २२ सचिवहरु

आगामी आर्थिक वर्षमा १,९८५ निजामती कर्मचारी अनिवार्य अवकाशमा, २० सचिवस्तरका अधिकारी पनि बिदा हुने

३३४ माननीयलाई शाखा अधिकृत तहका स्वकीय,बार्षिक २४ करोड थप व्ययभार

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक,के के छन् एजेण्डा

सुशीलाले खारेज गरेको पीए सुविधा बालेन सरकारले व्युताँयो

बिशेष