लोकसेवा परीक्षा दिने १२ ‘खेताला उमेद्धार’ पक्राउ

नेपालमा अहिलेसम्म सबैभन्दा बढी विश्वसनीय कुनै संस्था छ भने त्यो हो लोकसेवा आयोग ।

बिज्ञापन

आयोगको परीक्षा निश्पक्ष हुने विश्वाश छ । तर पछिल्लो समयमा आयोग समेत विवादित बन्न थालेको छ । आयोगका आयुक्तहरुकै सेटिंङ हान्नेदेखि अधिकृतहरुले आफ्नै छोरीलाई उत्तरपुस्तिकामा सबै उत्तर सी लेख्न लगाएर पास गराउनेसम्मका गतिविधिका कारण लोकसेवा आयोगको गरिमा ओरालो लाग्ने स्थिति बनेको छ ।

बिज्ञापन

यसैबीच नक्कली परीक्षार्थीहरुका बिगबिगीका कारण समेत आयोग विवादमा पर्न थालेका छ । पढ्नमा गोबर गणेश र धनी बुवा आमाका सन्तानले पैसा पेलेर खेताला परीक्षार्थी बनाउन थालेसँगै लोकसेवाका लागि समेत टाउको दुखाईको बिषय हुन थालेको छ ।
यसरी खेताला उमेद्धार लगाउनेमा सुरक्षा संगठनतर्फ बढी देखिएको लोकसेवा आयोगकै प्रतिवेदनहरुले देखाउँदै आएको छ । यसैबीच लोकसेवा आयोग सुर्खेत कार्यालयद्वारा सञ्चालित प्रहरी जवान (जनपद)को लिखित परीक्षामा नक्कली परीक्षार्थी प्रयोग गरी परीक्षा दिएको आरोपमा एक दर्जन खेताला उमेद्धार पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मिति २०८२ माघ १७ गते सञ्चालन भएको परीक्षामा अर्काको नाममा नक्कली परीक्षार्थी बनेर परीक्षा दिने, नागरिकता तथा प्रवेशपत्रमा फोटो र हस्ताक्षर परिवर्तन गरी किर्ते कागजात प्रयोग गर्ने तथा आर्थिक लाभ लिने कार्यमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिएको हो।
यस्तो धन्दामा सक्रिय रहेका केशव थापा, रमेश नेपाली, वीरबहादुर ठाडा, चन्द्र शाह, नवराज विक, रामु कार्की र मोतिलाल थारु नक्कली परीक्षार्थीका रूपमा सहभागी भएका थिए भने केहीले परीक्षा दिन लगाउने र मतियारको भूमिका खेलेका थिए।

बिज्ञापन

प्रहरीका अनुसार,पक्राउ पर्नेहरूमा जाजरकोट छेडागाड नगरपालिका–११ का केशव थापा, दैलेख दुल्लु नगरपालिका–१ का रमेश नेपाली, सुर्खेत गुर्भाकोट नगरपालिका–१३ का वीरबहादुर ठाडा, जाजरकोट कुसे गाउँपालिका–२ का विपेश सिंह, ललित रावल, सूर्य किरण शाही, निरज शाही र नवराज विक, जाजरकोट छेडागाड नगरपालिका–१० का चन्द्र शाह, बाँके बैजनाथ गाउँपालिका–२ का रामु कार्की, बैजनाथ–१ का मोतिलाल थारु तथा जाजरकोट कुसे गाउँपालिका–२ घर भई हाल वीरेन्द्रनगर–९ बस्ने पूर्णबहादुर सिंह लगायत रहेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

शाखा अधिकृत र उपसचिव तहका माग आकृति फाराम पठाउन परिपत्र,१२ असोजसम्म समयसीमा

सीडीई सरुवा चलखेलमा मुछिएका डिजी तानिए मन्त्रालयमा

खारेज भएका कार्यालय धमाधम ब्यूँताइदैं,विभागहरु पूरानै मन्त्रालयमा सारिँदै

उपसचिवको सरुवामा उस्तै मनपरी : मन्त्रालयमा कार्यरत कर्मचारीको विभागबाट सरुवा,कहाँबाट लिने रमाना ?

३७ शाखा अधिकृतको सरुवा : २५ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिृकत फेरिए

४२ उपसचिवको सरुवा : फेरिए १५ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत

यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरु

रुद्रसिह तामाङ सचिवमा बढुवा

बिशेष