अनुसन्धानका धेरै पक्ष खुल्नै बाँकी छ, अर्बौंको वित्तीय जोखिम कायमै रहेको अवस्थामा सरकारी वकिलले आरोपितलाई हाजिरी जमानीमा छाड्ने निर्णय गरेसँगै धेरैतिर संशय पैदा भएकै थियो । ठूलै युद्ध जितेको शैलीमा सफाइ नपाउँदै सिइओ बैंकमा हाजिर भएसँगै बचे खुचेको प्रमाण पनि धुलिशात हुने आंशका गर्न थालिएको छ । प्रंसग प्रभु बैंक घोटाला प्रकरणको हो,यो प्रकरणको सुक्ष्म अनुसन्धान गरिरहेको सीआईबीले अशोक शेचरन सहितका टिमलाई हिरासतमा राख्न माग गरे पनि सरकारी वकिलको कार्यालयले ‘बयान सकिएको र स्वास्थ्य कमजोर रहेको’ जिकिर गर्दै हाजिरी जमानीमा छाड्न आदेश दिएसँगै अब शेरचनहरु वा त फरार हुने वा प्रमाण नष्ट गरेर मुद्दालाई जरैदेखि कमजोर बनाउने खेलमा लाग्ने आशंका गरिरहेको समयमा उनी कार्यालय छिर्नुलाई उक्त शंकामा झनै बल पुगेको छ ।
बिज्ञापन
सीआईबीका अनुसन्धान अधिकृतहरूले अनुसन्धान अझै अधुरो रहेको, धेरै प्राविधिक पाटा खुल्न बाँकी रहेको र थप कागजात विश्लेषण गर्नुपर्ने भन्दै आरोपितलाई हिरासतमै राखेर अनुसन्धान गर्न म्याद थपको माग गरिरहेका भए पनि उनलाई हाजिरी जमानीमा छाडिएसँगै धेरै संशय पैदा भएको छ । ६ महिना वा सोभन्दा बढी कैद सजाय हुन सक्ने यस बैंकिङ कसुरमा प्रतिवादीले साक्षीलाई प्रभावमा पार्न सक्ने वा फरार हुन सक्ने जोखिम औँल्याउँदै सीआईबीले म्याद थपको माग गरेको थियो । तर सरकारी वकिलको कार्यालयले अनुमति दिएन र उनलाई हिरासत मुक्त गरिएको छ । सीआईबीले गत मंसिर १४ गते प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन, नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मणिराम पोखरेल र मुख्य जोखिम अधिकृत (सीआरओ) रिवाज श्रेष्ठलाई पक्राउ गरेको थियो । उच्च सरकारी वकिलको आदेशपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले हिरासतमुक्त गरेसँगै निर्दोष भएको शैलीमा गैरकानूनी ढंगले बैंक प्रवेश गरी दैनिक कार्यसम्पादन गर्न थालेका छन् ।
बैंक स्रोतका अनुसार,बैंकिङ कसूर र फौजदारी अभियोग समेत लागी सीआईबीको नियन्त्रणमा पुगेका सीईओ शेरचन छुटेपछि आइतबारदेखि बैंक पुगिसकेका छन् । उनी सुरक्षागार्डसहित बैंकको बिजुलीबजारस्थित मुख्य कार्यालयमा प्रवेश गरेका थिए । त्यसपछि सोझै उनी छैठौं तलामा रहेको आफ्नो(सीईओ)को कार्यकक्षमा प्रवेश गरी बैंकको दैनिक कार्यसम्पादनमा हस्तक्षेप गर्न थालेका स्रोतको भनाई छ । प्रभु बैंकका कर्मचारीहरुका अनुसार, अदालतबाट हाजिरी जमानीमा छुटेको पर्सीपल्टै बैंकमा पुगेर ४ घण्टा समय बैंकमा बिताएर फर्किएका थिए ।
प्रहरी अनुसन्धानमा रहेको व्यक्तिले यसरी पब्लिकको लगानी भएको बैंकमा जबरजस्ती गर्दा समेत नियामक नेपाल राष्ट्रबैंक टुलुटुलु हेरेर बसेको छ । कानूनको धज्जी उड्दा समेत नियामक चूप बस्नु अझ रहस्यमय मानिएको छ भने उनीमाथि अनुसन्धान भएका कतिपय विषयहरुको फाइल गायब हुनसक्ने आशंकामा बल पुगेको छ ।
राष्ट्र बैंकले भने अनुसन्धान प्रक्रिया सकिएको र सीआईबीले अनुसन्धानमा प्रमाण नपुग्ने बताएको अवस्थामा बाहेक शेरचनलाई सीइओमा पुनर्बहाली नगर्न सुझाव दिएका छन् ।
प्रभु बैंकमा कति छन्,राष्ट्र बैंकका कर्मचारीका नाता गोता ?
बिज्ञापन

























