अदालतबाट हाजिरी जमानीमा छुटेलगतै सिइओ बैंकमा हाजिर,प्रमाण नष्ट हुने संकेत

अनुसन्धानका धेरै पक्ष खुल्नै बाँकी छ, अर्बौंको वित्तीय जोखिम कायमै रहेको अवस्थामा सरकारी वकिलले आरोपितलाई हाजिरी जमानीमा छाड्ने निर्णय गरेसँगै धेरैतिर संशय पैदा भएकै थियो । ठूलै युद्ध जितेको शैलीमा सफाइ नपाउँदै सिइओ बैंकमा हाजिर भएसँगै बचे खुचेको प्रमाण पनि धुलिशात हुने आंशका गर्न थालिएको छ । प्रंसग प्रभु बैंक घोटाला प्रकरणको हो,यो प्रकरणको सुक्ष्म अनुसन्धान गरिरहेको सीआईबीले अशोक शेचरन सहितका टिमलाई हिरासतमा राख्न माग गरे पनि सरकारी वकिलको कार्यालयले ‘बयान सकिएको र स्वास्थ्य कमजोर रहेको’ जिकिर गर्दै हाजिरी जमानीमा छाड्न आदेश दिएसँगै अब शेरचनहरु वा त फरार हुने वा प्रमाण नष्ट गरेर मुद्दालाई जरैदेखि कमजोर बनाउने खेलमा लाग्ने आशंका गरिरहेको समयमा उनी कार्यालय छिर्नुलाई उक्त शंकामा झनै बल पुगेको छ ।

बिज्ञापन

सीआईबीका अनुसन्धान अधिकृतहरूले अनुसन्धान अझै अधुरो रहेको, धेरै प्राविधिक पाटा खुल्न बाँकी रहेको र थप कागजात विश्लेषण गर्नुपर्ने भन्दै आरोपितलाई हिरासतमै राखेर अनुसन्धान गर्न म्याद थपको माग गरिरहेका भए पनि उनलाई हाजिरी जमानीमा छाडिएसँगै धेरै संशय पैदा भएको छ । ६ महिना वा सोभन्दा बढी कैद सजाय हुन सक्ने यस बैंकिङ कसुरमा प्रतिवादीले साक्षीलाई प्रभावमा पार्न सक्ने वा फरार हुन सक्ने जोखिम औँल्याउँदै सीआईबीले म्याद थपको माग गरेको थियो । तर सरकारी वकिलको कार्यालयले अनुमति दिएन र उनलाई हिरासत मुक्त गरिएको छ । सीआईबीले गत मंसिर १४ गते प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन, नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मणिराम पोखरेल र मुख्य जोखिम अधिकृत (सीआरओ) रिवाज श्रेष्ठलाई पक्राउ गरेको थियो । उच्च सरकारी वकिलको आदेशपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले हिरासतमुक्त गरेसँगै निर्दोष भएको शैलीमा गैरकानूनी ढंगले बैंक प्रवेश गरी दैनिक कार्यसम्पादन गर्न थालेका छन् ।
बैंक स्रोतका अनुसार,बैंकिङ कसूर र फौजदारी अभियोग समेत लागी सीआईबीको नियन्त्रणमा पुगेका सीईओ शेरचन छुटेपछि आइतबारदेखि बैंक पुगिसकेका छन् । उनी सुरक्षागार्डसहित बैंकको बिजुलीबजारस्थित मुख्य कार्यालयमा प्रवेश गरेका थिए । त्यसपछि सोझै उनी छैठौं तलामा रहेको आफ्नो(सीईओ)को कार्यकक्षमा प्रवेश गरी बैंकको दैनिक कार्यसम्पादनमा हस्तक्षेप गर्न थालेका स्रोतको भनाई छ । प्रभु बैंकका कर्मचारीहरुका अनुसार, अदालतबाट हाजिरी जमानीमा छुटेको पर्सीपल्टै बैंकमा पुगेर ४ घण्टा समय बैंकमा बिताएर फर्किएका थिए ।

बिज्ञापन

प्रहरी अनुसन्धानमा रहेको व्यक्तिले यसरी पब्लिकको लगानी भएको बैंकमा जबरजस्ती गर्दा समेत नियामक नेपाल राष्ट्रबैंक टुलुटुलु हेरेर बसेको छ । कानूनको धज्जी उड्दा समेत नियामक चूप बस्नु अझ रहस्यमय मानिएको छ भने उनीमाथि अनुसन्धान भएका कतिपय विषयहरुको फाइल गायब हुनसक्ने आशंकामा बल पुगेको छ ।
राष्ट्र बैंकले भने अनुसन्धान प्रक्रिया सकिएको र सीआईबीले अनुसन्धानमा प्रमाण नपुग्ने बताएको अवस्थामा बाहेक शेरचनलाई सीइओमा पुनर्बहाली नगर्न सुझाव दिएका छन् ।

प्रभु बैंकमा कति छन्,राष्ट्र बैंकका कर्मचारीका नाता गोता ?

बिज्ञापन

सिआइबीको अनुसन्धानमा तानिएकी पन्तलाई कसले भगायो ?

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रीसँग कर्मचारीको सात बुँदे माग : अनिवार्य अन्तर प्रदेश सरुवा, एकमात्र ट्रेड युनियन

तत्काल खारेजी हुँदैछन् यी तीन दर्जन सरकारी कार्यालय

स्वीकृत दरबन्दी विवरण तीन दिनभित्रैमा उपलव्ध गराउन प्रदेश र स्थानीय तहलाई सामान्यको परिपत्र

आगामी वर्षको बजेट लेख्ने टिम तयार, संयोजक तोकिए सहसचिव खत्री

मालपोतको प्रमुखसहित चार विरुद्ध भ्रष्टाचार मुद्धा दायर

कागजी विकास, गोजीमा निकास

सागर लम्सालमाथि लाग्यो बलात्कार आरोप

स्वदेशमा मान,विदेशीको सम्मान

बिशेष