नेपाल प्रहरी मुख्यालयले दुई महिनादेखि गैरहाजिरीमा रहेका २० जना प्रहरीहरुलाई हाजिर हुन आउन सूचना जारी गरेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार,२० जना प्रहरी कर्मचारी दुई महिनादेखि गैरहाजिरमा छन् । उनीहरूको खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावलीबमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा पनि सम्पर्कमा नआएको कारण ती प्रहरीहरुलाई साता दिनभित्र सम्पर्कमा आउन प्रहरी मुख्यालयले सूचना जारी गरेको छ ।
बिज्ञापन
प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गरी आफूखुशी गैरहाजिर रहेका ती प्रहरीलाई तत्काल सम्पर्कमा आउन भनेको छ ।
आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावालीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

























