सुशीला सरकारको ‘सुशासन’ : दुई महिना नपुग्दै आधा दर्जन सहसचिव भकुण्डो

फागुन २१ भित्र चुनाव गराउने एजेण्डा प्राप्त गरेको सरकार समेत कर्मचारी सरुवामै रमाउन थालेको छ ।सरकारले प्रचलित विधि,थिति,नियमहरुलाई भत्काउनै विना कसुर आधा दर्जन सहसचिवहरुलाई खटाइएको ठाउँबाट दुई महिनामै भकुण्डो बनाएर अन्यन्त्र खटाएको छ । यसरी भकुण्डो बनाइएकामध्ये अधिकांश प्रमुख जिल्ला अधिकारीहरु रहेका छन् ।

बिज्ञापन

सरकारले हालैमात्र ६० सहसचिवको सरुवा गर्दा सात जना सहसचिवहरु दुई महिना नबित्दै सरुवामा परेका हुन । सरुवाको सूची अनुसार, सबैभन्दा बढी गृहका १३ सहसचिवको अन्य मन्त्रालयमा सरुवा भएर गएका छन् । जसमा गोपालप्रसाद अर्याल, डा टोकराज पाण्डेय, कल्पना श्रेष्ठ, सुनिता नेपाल, खिमबहादुर रायमाझी, नेत्रप्रसाद सुवेदी, कृष्णप्रसाद लम्साल, नारायणप्रसाद रिसाल, लीलाप्रसाद शर्मा, बन्धुप्रसाद बास्तोला, गोविन्दप्रसाद रिजाल, शंकरहरि आचार्य र धर्मेन्द्रकुमार मिश्र छन् । गृहमन्त्री ओम प्रकाश अर्याल र सचिवमा रामेश्वर दंगाल आए यताको तीन महिनामै पाण्डेको यो दोश्रो सरुवा हो । यस अघि उनलाई रुपन्देहीबाट लमजुङमा ल्याइएको थियो अहिले गण्डकी प्रदेशमा पुर्याइएको छ । यस्तै श्रेष्ठ खोटाङ, नेपाल इलाम, सुवेदी सल्यान, नारायणप्रसाद रिसाल दोलखा, बास्तोला सिन्धुपाल्चोक, लम्साल नवलपरासी पश्चिम, र मिश्र बारामा प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत रहेकामा कतिपय सहसचिवहरु दुई महिनामै सरुवामा परेका हुन ।

बिज्ञापन

टोकराज पाण्डे, सुनिता नेपाल, कृष्णप्रसाद लम्साल, नारायण रिसाल, शंकरहरि आचार्य र धर्मेन्द्र कुमार मिश्रा लगायतका सहसचिवहरु दुई महिनामै सरुवामा परेका हुन ।
मन्त्रालयले यस अघि गत कार्तिक ९ मा ३६ सहसचिवहरूको सरुवा गरेको थियो। उक्त सरुवामा डा टोकराज पाण्डेको जिल्ला प्रशासन कार्यालय रूपन्देहीबाट लमजुङ पठाइएको थियो। तर हालै उनलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकी खेदिएको छ । यस्तै कृष्णप्रसाद लम्सललाई जिल्ला प्रशासन कार्यालय कैलालीबाट नवलपरासी बर्दघाट सुस्ता पठाइएको थियो। हाल उनलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय गण्डकीतिर खटाइएको छ। सोही मितिमा नारायण प्रसाद रिसाललाइ महोत्तरीबाट दोलाखा जिल्ला प्रशासनमा पठाइएकोमा अस्ति भएको सरुवामा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय कोशी प्रदेश पठाइएको छ। गोपालप्रसाद अर्याललाई अर्घाखाँचीबाट गृहमन्त्रालय ल्याइएकोमा उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गत सरुवा गरेको छ। धर्मेन्द्र कुमार मिश्रा सुनसरीबाट बारा जिल्ला पठाइएको थियो। हाल उनलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मधेस प्रदेशतिर खटाइएको छ । यस्तै शकर हरि आचार्य धनुषाबाट गृह मन्त्रालयमा जेनजी आन्दोलनमा घाइतेहरूको उपचार र राहत लाई प्रभावकारी बनाउन ल्याइएको थियो तर उपचार र राहत प्रभावकारी हुन नपाउँदै राष्ट्रिय महिला आयोगमा धपाइएको छ। यस्तै प्रदेशबाट वीर अस्पतालमा ल्याइएका रितेश कुमार शाक्यलाई राष्ट्रपति कार्यालय पठाइएको छ।

यस्का अलवा गृहबाट ८ प्रमुख जिल्ला अधिकारीसँगै कारागार व्यवस्थापन विभागका महानिर्देशन लीलाप्रसाद शर्मा र मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख गोविन्द रिजालको पनि सरुवा भएको छ भने अतिरिक्त समूह जगेडामा रहेका सहसचिवहरू आचार्य, अर्याल र रायमाझीको पनि सरुवा भएको छ ।

बिज्ञापन

 

सरुवामा गृहबाट १३ सहसचिव बाहिरिँदा ७ सहसचिव भित्रिएका छन् । बिहीबारकै सरुवामा अन्य मन्त्रालय र निकायबाट उमेश ढुंगाना, शान्तिराज प्रसाई, लक्ष्मीप्रसाद पौडेल, मदन कोइराला, रेखा कँडेल, निश्चलराज पाण्डे र राजन पौडेल भित्रिएका छन् । यसरी सरकारले आठ वटा जिल्लालाई प्रमुख जिल्ला अधिकारीविहिन बनाए पनि आजसम्म ती जिल्लामा सिडियो खटाउन सकेको छैन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

रिता गिरीका उत्कृष्ट पाँच मुक्तक

निर्वाचन आयोगलाई टेरेन न्यायपरिषद्ले,आचारसंहिता धज्जी उडाउँदै १० न्यायधीशको सरुवा,२० को पदस्थापन

 प्रमुख प्रशासकीय,सह लेखापाल र स्वास्थ्य शाखा प्रमुख विरुद्ध भ्रष्टाचार मुद्धा

सरुवा भएको चार महिनासम्म लेखापालले लिएनन रमाना,सहमहालेखा नियन्त्रकले राखे चासो

अख्तियारको मुद्दापछि बुढीगंगा नगरपालिका ‘कर्मचारीविहीन’

न्यायधीश नियुक्तिका लागि निर्वाचन आयोगले दिएन सहमति

मेयरको घरमा अख्तियारको छापा

जेनजी ४२ सहिद परिवारलाई उपसचिवसरह ‘मासिक पेन्सन’ : निर्णय गुपचुप

बिशेष