चाबिहल मालपोतमा समेत ‘भक्तपुर काण्ड’ दोहोरिने संकेत

काठमाडौँ । सुशासन र पारदर्शिताको नारा दिने सरकार कायम रहँदा पनि मालपोत कार्यालय चाबहिलमा भने खुलेआम घुस, लेनदेन भइरहेको गम्भीर आरोप लाग्न थालेको छ । जसरी भक्तपुर मालपोतमा कुमार आचार्य हुँदा आफू अनुकुलको टिम मिलाएर अनियमितता गर्दा गर्दै अख्तियार लागेको थियो,ठीक उही स्थितिमा छ अहिले चावहिल मालपोत । जहाँ कार्यालय प्रमुखले आफ्ना एसम्यानहरुलाई भित्र्याएर मालपोतको महत्वपूर्ण फाँटको जिम्मेवारी दिएर राखिएको छ ।

बिज्ञापन

डेढ बर्षदेखि  कार्यालय प्रमुखको जिम्मेवारी सम्हालिरहेका दिपेन्द्र कुमार खत्रीले दुई महिना अघि मात्र झापाली एक जना सुव्वालाई मालपोत कार्यालय हेटौंडाबाट काजमा चाबहिल ल्याएर महत्वपूर्ण फाँटको जिम्मेवारी दिएर राखेका छन् । कर्मचरी संकेत नम्बर १९३२०५ रहेका मेघराज  निरौलालाई हेटौडाबाट काजमा तानेर हाल मालपोत चाबहिलको सबैभन्दा आकर्षक मानिने रजिस्ट्रेसन ‘ख’ शाखाको जिम्मेवारी दिइएको छ । कार्यालय प्रमुख खत्री र निरौला दुवै झापाका हुन । मालपोतको सरुवामा विचौलियाहरुको सेटिङ हुँदै आएको ओपन सेक्रेट जस्तै भइसकेको छ । यसरी झापाका कार्यालय प्रमुखले झापाली सुब्बालाई काजमा हेटौंडाबाट चाबहिलसम्म तान्ने काममा विभागका महानिर्देशक शिवप्रसाद रेग्मीको भूमिकालाई जोडेर समेत हेर्न थालिएको छ ।

बिज्ञापन

निरौलाको काज अवधि सकिएपछि उनी हेटौंडा फर्किनुपर्ने भए पनि चाबहिलमै राख्न अनेक प्रयास भइरहेको र त्यसकै लागि सोही कार्यालयमा कार्यरत अर्काे सुब्बालाई हेटौंडातिर लखेट्ने प्रयास भइरहेको छ । महानिर्देशकसमक्ष ‘एउटै काजमा एक जनालाई राख्ने अनि अर्कोलाई किन पठाउने ?’ भन्ने प्रश्न गर्दा, डिजीले ‘हाकिमले सचिवलाई भनेको र हाकिमले आफूलाई पनि भनेपछि पठाएको’ जवाफ फर्काउने गरेका छन् ।

कर्मचारीमाथि विभागीय प्रमुखहरुको समान व्यवहार हुनुपर्ने हो तर एक कर्मचारीमाथि सैतेनी व्यवहार र अर्काे हाकिमका रोजाईका कर्मचारीमाथि हितैषी व्यवहार गरेको टिप्पणी मन्त्रालयमा हुन थालेको छ । समग्र तस्वीर हेर्दा उपत्यकाका मालपोत कार्यालयहरू घुस र लेनदेनका खुला खेलमैदान बन्दै गएको गम्भीर प्रश्न उठेको छ। कर्मचारी र सेवाग्राही दुवै पीडित हुने गरी मौलाएको यो संरचनागत भ्रष्टाचारबारे अब सम्बन्धित निकाय मौन बस्छ कि कडा छानबिन र कारबाही अघि बढाउँछ भन्ने प्रश्नले चासो बढाएको छ।

बिज्ञापन

मालपोत चाबहिलमा रहेका चारवटा रजिस्ट्रेसन शाखा र दुईवटा मुद्दा शाखाबाट ‘कोटा’ तोकेर पैसा असुली भइरहेको कर्मचारी प्रेसका सम्पर्कमा आएका चाबहिल मालपोतका कर्मचारीहरुले बताएका छन् । रजिस्ट्रेसन शाखातर्फ ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ सबै शाखाबाट मासिक रूपमा जनही तीन–तीन लाख रुपैयाँ कार्यालय प्रमुखलाई बुझाउनुपर्ने अलिखित नियम बनाइएको स्रोतले जनाएको छ। यी चारवटै शाखाबाट मात्र मासिक १२ लाख रुपैयाँ उठ्ने गरेको आरोप छ। उता, दुईवटा मुद्दा शाखाबाट भने झन् कडा दबाबका साथ मासिक ६–६ लाख रुपैयाँ असुली हुने गरेको र त्यसमार्फत थप १२ लाख रुपैयाँ हाकिमसम्म पुग्ने गरेको दाबी गरिएको छ। यसरी कुल मासिक २४ लाख रुपैयाँ आफ्नै कर्मचारीबाट, कुनै प्रत्यक्ष जोखिम नलिई संकलन हुने गरेको गम्भीर आरोप लागिरहेको छ।

यसअघि कर्मचारी प्रेसले मालपोत कार्यालय भक्तपुरमा तत्कालीन कार्यालय प्रमुखका रूपमा कार्यरत कुमार आचार्य विरुद्ध पटक–पटक घुस र लेनदेनसम्बन्धी समाचार प्रकाशन गरेपछि घटनाले ठोस मोड लिएको थियो। ती समाचारपछि सक्रिय बनेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले आचार्यलाई साढे २४ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको तथ्य अझै ताजा छ। सो घटनाले मालपोत कार्यालयहरूमा जरा गाडेर बसेको घुस प्रणाली उजागर गरेको थियो।

त्यही पृष्ठभूमिमा अहिले मालपोत कार्यालय चाबहिल पनि अख्तियारको निगरानीमा परेको खुलासा भएको छ। अख्तियार स्रोतका अनुसार चाबहिल मालपोतमा देखिएको कर्मचारीबाटै मासिक रकम उठाउने शैली, काज सरुवामा देखिएको अस्वाभाविक चलखेल र कार्यालय प्रमुख वरिपरि केन्द्रित आर्थिक लेनदेनका विषयमा आयोगले गम्भीर चासोका साथ सूचनाहरू संकलन गरिरहेको छ। भक्तपुर मालपोतमा जस्तै चाबहिलमा भएका बदमासीहरुको गुप्त सूचना र उजुरी अख्तियारसम्म पुगेको र अख्तियारले अनुसन्धान प्रक्रिया अगाडि बढाएको अख्तियार स्रोतले पृष्टि गरेको छ ।

तस्विर र शीर्षक सम्पादक गरिएको

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

हाजिरपछि बेपत्ता उपसचिव, कार्यालय ताला र साँचो अलपत्र

मालपोत कार्यालय चाबहिलका प्रमुख र नासुद्वारा समाचार खण्डन

हस्तान्तरणपछि PIS Portal सञ्चालनमा प्रदेश सरकार सक्रिय, ३५ दिनमै १०.६ प्रतिशतले वृद्धि

चार बर्ष जागिर अवधि छँदै शाखा अधिकृतबाट राजीनामा,एमालेको केन्द्रीय सदस्यमा निर्वाचित

पौने चार करोड बैंक जमानत लिएर रवि लामिछानेलाई छाड्न आदेश

कारागार प्रमुख,इञ्जिनियर,नासु र सहलेखापालविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रिपरिषद् बैठक बस्दै

प्राकृतिक संरक्षण कोषको सदस्य सचिवमा सुवेदी

बिशेष